Home नेपाल तथा विश्व समाचार बेलायती सेनामा भर्ती हुन कुनै शुल्क नलाग्ने

बेलायती सेनामा भर्ती हुन कुनै शुल्क नलाग्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ अगष्त २०१८, बेलायती सेनामा भर्ती हुन कुनै शुल्क नलाग्ने ब्रिटिश गोर्खाज पोखराले स्पष्ट पारेको छ ।

 

बेलायती सेनामा भर्ती हुन परीक्षा दिएका युवाको परिवारसँग नाम निकालिदिन्छु भन्दै दलालले मोटो रकम लिने गरेको पत्तो पाएपछि ब्रिटिश गोर्खाज पोखराले पहिलो पटक पत्रकार डाकेर भर्ती निःशुल्क हुने स्पष्ट पारेको हो ।

छनोट प्रक्रियामा सहभागी युवाका अभिभावकबाट छनोट हुनु अघि तीन लाख एडभान्स र छनोट भएपछि २० लाखसम्म टे«निङ सेण्टर र अन्य दलालले लिने गरेको गुनासो आएको ब्रिटिश गोर्खाज पोखराले बताएको छ।

शैक्षिक तथा शारीरिक क्षमता र चरित्र बेलायती सेनामा भर्ती हुने प्रमुख आधार रहेको ब्रिटिश गोर्खाज पोखराका प्रमुख मेजर स्याण्डी नाइटिङ्गलले बताए । यसरी बेलायती सेनामा छानिएका युवा ब्रिगेड अफ गोखार्जको हिस्साको रुपमा रहने छन् ।

बेलायती सेनामा नेपाली नागरिकलाई लिदा सधै नै निःशुल्क, निष्पक्ष र पारदर्शी रहने गरेको उनले स्पष्ट पारे । बेलायती सेनामा भर्ती हुन कुनै जात, रंगको आधारमा भेदभाव नगरिएको डेपुटी रेक्रुटीङ अफिसर समेत रहेका मेजर नाइटिङ्गलको भनाइ छ ।

बेलायती सेनामा सन् २०१९ का लागि तीन सय २० जना नेपाली युवा छनोट भइ भर्ती हुँदै छन् । ब्रिटिस गोर्खाज पोखराले नै सिङ्गापुर पुलिसका लागि पनि छनोट गर्ने छ । सिङ्गापुर पुलिसमा १ सय २० जना भर्ती हुने छन् । यति बेला ब्रिटिश गोर्खाज नदिपुर पोखरामा बेलायती सेनामा भर्तीका लागि विभिन्न चरणको परिक्षा भइरहेको छ ।

बेलायती सेनामा भर्ती हुनका लागि देशभरीबाट ८ हजार ८ सय ९१ जनाको आवेदन परेको ब्रिटिश गोर्खाज पोखराका उप कार्यालय प्रमुख क्याप्टेन महेन्द्र पुनले जानकारी दिए । गत वर्ष बेलायती सेनामा भर्ती हुनका लागि ८ हजार ६ सय जनाको आवेदन परेको थियो ।

नेपाली महिलाका लागि पनि छिट्टै नै बेलायती सेनामा भर्ती खुल्ने विश्वास ब्रिटिश गोर्खाज पोखराका प्रमुख नाइटिङ्गलले बताए । बेलायती सरकारले सम्भवत सन् २०२० मा नेपाली महिलालाई पनि बेलायती सेनामा भर्ती खुलाउने उनले सुनाए । बेलायती सेनामा नेपाली महिलाका लागि पनि भर्ती खुले पनि कोटा भने नबढ्ने उनले बताए । बेलायतमा जस्तै यहाँ पनि पुरुष सरह प्रतिस्पर्धामा उतारेर महिलालाई पनि सेनामा भर्ती गरिने उनले सुनाए ।

 

Latest News