Home नेपाल तथा विश्व समाचार भोज बिक्रम बुढा मगरको सम्मानमा विदाई

भोज बिक्रम बुढा मगरको सम्मानमा विदाई

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ अगष्त २०१८, मगर संघ हडङकङले नेपाल मगर विधार्थी संघका पूर्व अध्यक्ष भोज बिक्रम बुढा मगरलाई विविध कार्यक्रम सहित विदाई गर्यो

नेपालबाट मगर संघ हडङकङको २१ औं बार्षिक उत्सव कार्यक्रमा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका नेपाल मगर विधार्थी संघका पूर्व अध्यक्ष भोज बिक्रम बुढा मगरलाई विविध कार्यक्रम सहित विदाई गर्यो

 

सम्मान तथा विदाई कार्यक्रममा मगर संघ हडङकङको बार्षिक कार्य प्रतिवेदन, आर्थिक प्रतिवेदन र त्यसै गरै मगर महिला संघ हडङकङ र मगर कलाकार संघ हडङकङको आर्थिक प्रतिवेदन पनि सर्व सहमतिले पारित गरिएको थियो । संघको तर्फबाट महासचिव निलम थापा मगरले बार्षिक कार्य प्रतिवेदन र कोषाध्यक्ष शोभा कुमारी राना मगर र सह कोषाध्यक्ष प्रोमीता राना मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिवेदनहरु सर्व सहमतिले पारित गरिएको थियो । सोही कार्यक्रममा मगर महिला संघ हडङकङ र मगर कलाकार संघ हडङकङको आर्थिक प्रतिवेदन पनि सर्व सहमतिले पारित गरिएको थियो । मगर महिला संभको तर्फबाट अध्यक्ष कमारी थापा मगर र चित्रकला थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कलाकार संघ हडङकङको तर्फबाट अध्यक्ष रविन थापामगरले प्रस्तुत गरेका थिए ।

विदाई कार्यक्रमका प्रमुख अतिथि वक्ता नेपाल मगर विधार्थी संघका पूर्व अध्यक्ष भोज बिक्रम बुढा मगर रहेका थिए । प्रमुख अतिथिले आफनो मन्तव्य राख्ने क्रममा जनजाजति र त्यसमा पनि मगर समुदायको नेपालको वर्तमान राजनीतिक अवस्था चिन्ता जनक रहेको वताए । हक अधिकार प्राप्तीका लागि नेपालको राजनीतिक मूधारमा समाहित हुदै अगाडि बढेमा हक अधिकारहरु सुनिश्चित गर्न सकिने जिकिर गरे । कर्मचारी तन्त्र लगायत विभिन्न सरकारी तहमा मगर समुदायको न्यून उपस्थिति ररहेको छ । यधपि मगर जाति नेपालको तेस्रो धेरै जनसंख्या भएको जाति हो । प्रमुख अतिथिले आफनो तथ्य सहित आफनो भनाईहरु राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको सम्मानमा उपस्थित महानुभावहरुले खादा ओढाई विदाई गरेहका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव निलम थापामगर र अध्यक्षयता संघका अध्यक्ष युगमाया राना मगरले गरेका थिए ।

 

Latest News