Home नेपाल तथा विश्व समाचार गोली चल्दा एक युवकको मृत्यु

गोली चल्दा एक युवकको मृत्यु

E-mail Print PDF
AddThis Social Bookmark Button

९ सेप्टेम्वर २०१८, सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष हुन् ।भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा लागेको थियो । घटना लगतै उनलाई स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो ।

 

गोली चलाएको आरोपमा रोल्पा नगरपालिका-१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कांग्रेसले घटनाको भत्र्सना गरेको छ । साथै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि प्रहरी मुकदर्शक भएको भन्दै कांग्रेसले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारा

 

Latest News