Home नेपाल तथा विश्व समाचार म्याङकुट आँधीले हङकङमा मानवीय क्षति भएन

म्याङकुट आँधीले हङकङमा मानवीय क्षति भएन

E-mail Print PDF
AddThis Social Bookmark Button

१७ सेप्टेम्वर २०१८, १६ सेप्टेम्वर २०१८ मा आएको म्याङकुट आँधीले हङकङमा कुनै मानवीय क्षति भएन ।

हङकङका गगनचुम्बी घरहरूका झ्यालका शिशाहरु निमार्ण क्षेत्रमा केहि क्षति भएको छ । र वाटोहरुमा रुखहरु ढलेका कारण अहिले सरसफाई र वाटोहरु सुचारु गर्ने कार्य तिव्र पारिएको छ । हङकङ सरकारको शिक्षा विभागले किन्दरगार्टेन र प्राइमेरी तथा माध्यमिक विधालयहरु आजको लागि वन्द गरेको छ । हङकङका विभिन्न भागहरुमा रुखहरु वाटोमा ढलेका कारण सार्वजनीक यातायातका सवारीहरु पूर्णरुपमा संञ्चालनमा आउन सकेका छैनन । अहिले वाटोहरुमा ढलेका रुखहरु हटाउने र सरसफाई कार्र्य तिव्र पारिएको छ ।  म्याङकुटका कारण विभिन्न भागमा पहिरो गएको छ । साथै करीव ९०० जहाजहरुको उडान रद्ध गरिएको थियो । आजबाट भने सबै उडानहरु सुचारु गरिएको छ ।

 

म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ।प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भए, रेलहरू रोकिए र मुख्य सडकहरू बन्द भएका छन्।

यसले गर्दा लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ।जनघनत्व धेरै भएको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका माझ घरहरू बन्द गरिएका छन्।चिनियाँ सरकारी माध्यमका अनुसार उक्त क्षेत्रमा दुईजनाको ज्यान गएको छ।

फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण कम्तीमा ६४ जनाको ज्यान गइसकेको छ।फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ।त्यहाँ खानीमा काम गर्ने कम्तीमा ३० जनासहित दर्जनौँको मृत्यु भएको छ।

सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।

म्याङकुट आँधी भित्रिभुभागतर्फ अघि बढिरहँदा ट्रपिकल डिप्रेसन भनिने उष्ण भुभागमा हुने वर्षा हुँदै विस्तारै मंगलबारसम्म कमजोर हुँदै जाने ठानिएको छ।म्याङ्कुट आँधीका कारण आइतबार अपरान्ह जियाङमेगन सहर नजिकैको चिनियाँ तटमा पहिरो गएको थियो।

 

 

Latest News