Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओलीले राष्ट्रसंघको ७३ औँ महासभालाई सम्बोधन

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको ७३ औँ महासभालाई सम्बोधन

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ सेप्टेम्वर २०१८, प्रधानमन्त्री केपी ओलीले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभालाई सम्बोधन।

नेपालले स्वच्छ तथा निष्पक्ष निर्वाचनका माध्यमबाट निर्वाचित निकायहरूमा ४१ प्रतिशत महिलालाई स्थापित गरेको बताएका छन्।बाँकी ९ प्रतिशत स्थान महिलाका निम्ति हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।महासभामा बोल्दै उनले विश्व अर्थतन्त्रले गजब गरिरहेको भए पनि अतिकम विकसित मुलुकहरूमा विकासको अवस्था नाजुक भएको बताए।ती मुलुकका निम्ति विगतमा बाचा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता अपेक्षा अनुरूप कार्यान्वयन नभएको उनले गुनासो गरे।

नेपालजस्ता देशले विना तिनको दोष जलवायु परिवर्तनले निम्त्याएका खतराहरूसँग जुझ्न बाध्य हुनु परेको बताएका थिए।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्।यसअघि महासभा बैठकको छेको पारेर दक्षिण एसियाली देशका विदेशमन्त्रीहरूले पनि एक सामूहिक अनौपचारिक बैठक गरे।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गरेका थिए।भारतकी विदेशमन्त्री सुष्मा स्वराज पनि सो बैठकमा उपस्थित थिइन्।