Home नेपाल तथा विश्व समाचार चार प्रदेशले अझै आफ्नो नाम र राजधानी चयन गर्न सकेनन्

चार प्रदेशले अझै आफ्नो नाम र राजधानी चयन गर्न सकेनन्

E-mail Print PDF
AddThis Social Bookmark Button

४ अक्टोवर २०१८, देशका चार प्रदेशले अझै आफ्नो नाम र राजधानी चयन गर्न सकेनन् ।

राजधानी चयन गर्न नसक्नुलाई सत्तापक्षीय दलहरूबीचको मतभेद र क्षेत्रको राजनीतिक द्वन्द्व प्रमुख कारण रहेको नेताहरूले बताएका छन्। अहिलेसम्म प्रदेश नम्बर एक, दुई, तीन र पाँचले यस्तो निर्णय लिन सकेका छैनन्। प्रदेशको नाम र राजधानी तोक्नलाई चाहिने दुईतिहाइ बहुमत प्रदेश नम्बर दुईमा बाहेक सबै प्रादेशिक सरकारसँग भएता पनि प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्रतिर राजधानी पार्ने प्रयास गर्नाले निर्णयमा पुग्न समस्या परिराखेको हुनसक्ने आकलन छ।

 

दुईतिहाइको खेलमा अल्झिँदा अस्थायी हैसियत लम्बिएको लम्बियै हुने भन्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल हाल अस्थायी राजधानी रहेकै हेटौंडालाई स्थायी बनाउँु भन्ने पक्षमा देखिन्छन्। अहिले बसिराखेको ठाउँ छाड्दा समेत आन्दोलन होला, जनताले पक्कै पनि त्यसै छाड्दैनन्। अन्यत्र पनि यता आएन भनेर आन्दोलन भइराखेको होला।

प्रदेशका नाम राख्ने हकमा समेत जातिय पहिचान झल्काउने नाम राख्ने कि भौगोलिक वा सांस्कृतिक राख्ने भन्ने बहस सबैतिर रहे तापनि त्यो राजधानी जत्तिको जटिल नरहेको नेताहरू बताउँछन्।

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले भने उपयुक्त समयमा यसबारे निर्णय लिइने भन्दै हाललाई त्योभन्दा महत्त्वपूर्ण कुरा कर्मचारीहरूको दरबन्दीको रहेको बताए।

राजधानीका हकमा प्रदेश तीनमा हेटौंडा बाहेक बनेपा र भक्तपुरको नाम चर्चामा छन्। प्रदेश नम्बर एकमा विराटनगर, इटहरी, धरान र धनकुटा चर्चामा छन् भने दुई नम्बरमा भने वीरगन्ज र जनकपुरबीच प्रतिस्पर्धा रहेको बताइन्छ।

प्रदेश पाँचकी एकजना मन्त्री आरती पौडेल विवाद लम्बिएपछि अहिले अध्ययन कार्यदलको प्रतिवेदनको प्रतीक्षा भैरहेको बताउँछिन्।  कोही दाङ, कोही बुटवल त कोही नेपालगन्ज हुनुपर्छ भन्नेहरू हुनुहुन्छ। मतदान गर्‍यो भने कतै पनि दुईतिहाइ पुग्दैन।

त्यसो त कतिपय ठाउँमा विवादको सुरुवात अस्थायी राजधानी तोक्ने बेलादेखि नै भएको थियो। त्यसो हुनुको एउटा कारण पछि त्यसैलाई स्थायी राजधानी बनाउन सहज होस् भन्ने रहेको बताउनेहरू पनि छन्।

विज्ञहरूले समयमै निर्णय हुन नसक्नुका पछाडि भूमाफियाहरूको स्वार्थूलाई समेत एउटा प्रमुख कारण बताउने गरेका छन्।