Home नेपाल तथा विश्व समाचार पत्रकार जमाल खशोग्गीको हत्या भएको स्वीकार

पत्रकार जमाल खशोग्गीको हत्या भएको स्वीकार

E-mail Print PDF
AddThis Social Bookmark Button

२२ अक्टोवर २०१८, साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि एजेन्टहरूु जिम्मेवार भएको बताएको छ।

 

साउदी विदेशमन्त्री आदिल अल जुबैरले त्यो भयङ्कर भूलु भएको बताए।यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खशोग्गीको हत्या गराइएको आरोप उनले अस्वीकार गरे।पत्रकार खशोग्गीलाई के भयो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबिया ठूलो दबाबमा छ।

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्गी बेपत्ता भएका थिए।आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए।

टर्कीका अधिकारीहरूको विश्वास छ, वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूले खशोग्गीको हत्या गरेको हुनुपर्छ।यसअघि साउदी अरेबियाले खशोग्गी वाणिज्य दूतावास भवनबाट त्यो दिन सकुशल बाहिरिएको बताउँदै आएको थियो।

वाणिज्य दूतावासका कर्मचारीहरूसँग खशोग्गीको बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गर्‍यो।खशोग्गी बेपत्ता प्रकरणबारे रियादको त्यस्तो विवरणले व्यापक सन्देह निम्त्यायो।

आफ्ना पछिल्ला टिप्पणीमा साउदी विदेशमन्त्री अल जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गरेका छन्।सबै तथ्य पत्ता लगाउने र हत्यामा संलग्नहरूलाई सजाय दिने कुरामा हामी दृढ छौँ।निश्चित रूपमा त्यो भयङ्कर भूल हो र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेर अझ गल्ती गरियो।

खशोग्गीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अल(जुबैरले बताए। अल जुबैरले साउदी अरेबियामा शक्तिशाली मानिने युवराज मोहम्मद बिन सलमानको निर्देशनमा हत्या गराइएको कुरा पनि अस्वीकार गरे।साउदी अरेबियाका निकट साझेदारहरूले पनि खशोग्गी प्रकरणबारे उसको आलोचना गरिरहेका छन्।