Home नेपाल तथा विश्व समाचार कांग्रेसले महासमिति बैठकको मिति सार्यो

कांग्रेसले महासमिति बैठकको मिति सार्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

६ नोभेम्वर २०१८, नेपाली कांग्रेसले महासमिति बैठकको मिति मंसिर २८ गतेदेखि पुस ३ मा सारेको छ ।

अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

 

तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेसले जानकारी दिएको छ ।

यस्तै, मंगलबार बसेको बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।