Home नेपाल तथा विश्व समाचार अमेरिकामा मध्यावधि निर्वाचन

अमेरिकामा मध्यावधि निर्वाचन

E-mail Print PDF
AddThis Social Bookmark Button

६ नोभेम्वर २०१८, संयुक्त राज्य अमेरिकामा मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको प्रथम दुई वर्षे शासनप्रतिको जनमत संग्रहका रुपमा लिइएको छ।

 

राष्ट्रपति ट्रम्पले सिनेट र हाउस अफ रिप्रीजेन्टेटिभ्समा रिपब्लिकनहरूको नियन्त्रण कायमै राख्‍ने अपेक्षा राखेका छन्। राष्ट्रवादी एजेन्डालाई अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

अर्को तर्फ डेमोक्र्याटहरू संसदको तल्लो सदनको नियन्त्रण आफूमा ल्याउन सकिने आशामा छन् र राष्ट्रपतिका आकांक्षाहरूमा अंकुश लगाउन सकिने उनीहरू ठान्दछन्।

संयुक्त राज्य अमेरिकाको इस्टकोस्ट भनिने पूर्वी तटीय क्षेत्रस्थित मेन, न्यू ह्याम्पशर, न्यू जर्जी, न्यू योर्क तथा भर्जिनिया राज्यहरूमा सबैभन्दा पहिला मतदान शुरु भएको छ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले, उनको रिपब्लिकन पार्टीप्रति समर्थन जुटाउन राष्ट्रव्यापी निर्वाचनको पूर्वसन्ध्यामा मतदाताहरूलाई मनाउन अन्तिम प्रयास गरेका थिए।आक्रामक अन्तिम तीन चुनावी र्‍यालीहरूका क्रममा ट्रम्पले , हामीले हासिल गरेको सबै उपलब्धिहरू दाउमा छन्।राष्ट्रपतिको चार वर्षे कार्यकालको बीचको अवधिमा अमेरिकामा मध्यावधिमा चुनाव हुने गर्दछ।

आगामी दुई वर्ष राष्ट्रपति ट्रम्पले कति प्रभावकारिताका साथ कार्यभार सम्हाल्न सक्छन् भनेर मध्यावधि चुनावले निर्धारण गर्नेछ।हालैका दिनमा राष्ट्रपति ट्रम्पले उनको मतदाताहरूको आधारभूत तहमा ऊर्जा ‌संचार गर्ने प्रयासमा विभिन्न विभाजनकारी मुद्दाहरूबारेका चर्को बयानबाजीमा तीव्रता दिएका थिए।

डेमोक्र्याटिक पार्टीका लागि चुनावी प्रचारप्रसारमा उत्रेका भूतपूर्व राष्ट्रपति बराक ओबामाले, ूदेशको चरित्र मतपत्रमा रहेकोू बताएका छन्।सामाजिक संजाल ट्वीटरमा सन्देश राख्दै ओबामाले मध्यावधि चुनावको मतदान ूआफूहरूको जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण हुनसक्नेू टिप्पणी गरेका छन्।

राष्ट्रपति ट्रम्पको शासनकालमा अर्थतन्त्रले राम्रो प्रदर्शन गरेको छ तर मुख्यतया आप्रवासन सम्बन्धी उनका गतिविधि र नीतिहरू गहिरो रुपमा विभाजनकारी देखिएका छन्।निर्वाचनमा देखिएको चर्को चासोले मतदाताहरूको ठूलो संख्या मतदानमा सहभागी हुने अनुमान गरिएको छ।