Home नेपाल तथा विश्व समाचार बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८

E-mail Print PDF
AddThis Social Bookmark Button

२३ नोभेम्वर २०१८, डडेल्धुराबाट मेला भरेर डोटी फर्किँदै गर्दा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

 

केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा बस दुर्घटना भएको थियो।डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित एक स्कूलको बसमा डडेल्धुराको उग्रताराको मन्दिरमा लागेको मेला भर्न गएका व्यक्ति सवार थिए।

मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमा रहेका प्रहरी अधिकारी डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए।बस सडकबाट निकै तल खोलामा खसेको बताइएको छ।घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।