Home नेपाल तथा विश्व समाचार प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ नोभेम्वर २०१८, न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको परिषद्ले मंगलवार प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषदमा जोशी र राणाको नाम सिफारिस गरेको हो। संवैधानिक परिषदले यी दुर्इमध्ये एक जनालार्इ छनोट गरी संसदीय सुनुवार्इ विशेष समितिमा पठाउनेछ। समितिले सुनुवार्इ गरी अनुमोदन गर्नेरनगर्ने निर्णय लिनेछ।

 

मिश्रले पुस पहिलो हप्ता उमेर हदका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको हो। यद्यपी जोशी संसदीय समितिबाट यसअघि नै प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेका न्यायाधीश हुन्। उनको नाममा कैफियत राखेर संवैधानिक परिषदमा सिफारिस गरिएको छ। जसका कारण राणालार्इ संवैधानिक परिषद्ले अघि बढाउन सक्ने अनुमान गरिएको छ।