Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री केपी ओलीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने

प्रधानमन्त्री केपी ओलीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने

E-mail Print PDF
AddThis Social Bookmark Button

३० नोभेम्वर २०१८, एसिया प्यासिफिक समिटमा  आएकी चर्चकी गुरुआमाले प्रधानमन्त्री केपी  ओली र उनकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने छन ।

 

एसिया प्यासिफिक समिटमा किस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको आयोजनामा आजदेखि राजधानीमा कार्यक्रम हुँदैछ ।  कार्यक्रममा सहभागी हुन आएका पाहुना र जोर–बिजोर प्रणालीले यात्रुलाई भने असुविधा भएको छ ।

समिटमा १५ सय जोडीले आशीर्वाद लिन लागेको, छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने छन ।

आशीर्वाद दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमिकाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दिन लागिएको हो ।सबै जोडी भित्रको हलमा नअट्ने भएपछि हायातबाहिरको खाली ठाउँमा ३४ सय सिट क्षमताको अस्थायी हल बनाइएको छ ।

आशीर्वादपछि प्रधानमन्त्रीसहित आशीर्वाद लिनेहरुको जोडी मुन परिवारको अंग बन्ने सम्भावना रहने आयोजकको दाबी छ ।यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्पूर्ण रहेको कार्यक्रमको महत्त्व दर्शाउँदै सूचीमा उल्लेख गरिएको छ ।

क्रिस्चियन धर्मप्रचारक संस्था आयोजक रहेको कार्यक्रममा सरकारको ५५ लाख खर्च हुन लागेको छ । कार्यक्रममा ४५ राष्ट्रका १५ सय सहभागी हुँदैछन् र उनीहरुको सुरक्षाका लागि ३५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।