Home नेपाल तथा विश्व समाचार नेकपाका केन्द्रीय सदस्यहरुले आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने

नेकपाका केन्द्रीय सदस्यहरुले आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

३० नोभेम्वर २०१८,पार्टीभित्रको पक्षपात र व्यक्तिवादी एकाधिकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने भएका छन् ।

 

पार्टी नेतृत्वलाई लिखित पत्र बुझाएका सत्तारुढ पार्टीका केन्द्रीय सदस्यहरु केन्द्रीय, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. बिजय पौडेल, सहितका १८ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । बिहीबार काठमाडौंमा बसेको समिक्षा बैठकले देशभरबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै अभियानलाई विस्तार गर्ने निर्णय गरेको हो ।

महासचिव बिष्णु पौडेलमार्फत दुवै अध्यक्षलाई बुझाइएको दस्तावेजको पक्षमा उभिने केन्द्रीय सदस्यको संख्या पनि बढेको छ । पछिल्लो समय सीता गिरी, दिलु पन्त, कृष्ण खनाल, पीएल श्रेष्ठ लगायतले अभियानमा हस्ताक्षर गरेका छन् ।

यसमा पूर्व एमालेतर्फका नेताहरुको मात्र हस्ताक्षर छ । पूर्वमाओवादी खेमाका नेताहरुले पनि यो एजेण्डामा आफूहरुको पनि समर्थन रहेको बताएका छन् ।

सचिवालय र स्थायी कमिटीका सबैनेताहरुलाई भेटेर लिखित एजेण्डामाथि छलफल गरेका छन् । उनीहरुले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

सबै नेताहरुले पार्टी निर्माणका लागि केन्द्रीय सदस्यहरुले उठाएको चासो जायज रहेको प्रतिक्रिया दिएको खतिवडाले बताए । उनले आफूहरुले पार्टी निर्माण र शुद्धिकरणका लागि उठाएका एजेण्डामा देशभरका कार्यकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै अभियानलाई ७७ जिल्लामै बिस्तार गरिने समेत बताए ।

हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्न समय मागेका छन् । तर, तीन-चार दिनदेखि समय माग्दा पनि प्रधानमन्त्रीको समय नमिलेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।सचिवलाय सदस्यहरु ईश्वर पोखरेल र रामवहादुर थापा बादलले पनि समय दिएका छैनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली हस्ताक्षर अभियानप्रति असन्तुष्ट छन् । हस्ताक्षर गर्नेहरु विगतमा पूर्वएमालेमा ओली विरोधी खेमामा रहेका कारण पनि अभियानलाई आफूविरुद्ध केन्द्रित रहेको अर्थमा ओलीले लिएका छन् ।