Home नेपाल तथा विश्व समाचार राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

E-mail Print PDF
AddThis Social Bookmark Button

११ डिसेम्वर २०१८, राष्ट्रिय जनता पार्टीले  सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन् ।

 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन् ।राजपा मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नदेखिएकाले समर्थन फिर्ताको विकल्प नभएको बताएका हुन्।

दुई तिहाईको सरकारले संविधान संशोधन गरेर हाम्रो माग पूरा गर्छ भन्ने आशावादी भएर समर्थन गरेका थियौँ,’ उनले भने, ‘तर अब सरकारले माग पूरा गर्छ भन्ने आशा मरिसकेकाले समर्थन दिइरहनु पर्ने अवस्था रहेन।’ माग पूरा नगरे समर्थन फिर्ता लिने विषयमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको उनले बताए।

संविधान संशोधन, रेशम चौधरी लगायतका बन्दी रिहाई, मुद्दा फिर्ता लगायतको माग पूरा नभएसम्म सरकारमा जाने कुनै सम्भावना छैन। उनले अब आफूहरु सडक संघर्षमा उत्रिने बताए।संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीति र नियत ठीक नभएकोले आफ्नो पार्टीसँग एकता हुन नसक्ने बताए। उनले संघीय समाजवादी संविधान दिवस मनाउने नीति भएको पार्टी हो भने हाम्रो कालो दिवस मनाउने नीति लिएको पार्टी भएको बताए।

महतोले निर्धारित समयमा पार्टीको महाधिवेशन गराउने जिम्मेवारी आफ्नो काँधमा आएकाले त्यसको तयारीमा लागेको बताए। उनले अहिले संगठन निर्माण लगायतको काम भइरहेको बताए।

 

 

Latest News