Home नेपाल तथा विश्व समाचार संविधान संशोधनमा ठोस धारणा दिन एक हप्ताको समय माग

संविधान संशोधनमा ठोस धारणा दिन एक हप्ताको समय माग

E-mail Print PDF
AddThis Social Bookmark Button

२५ डिसेम्वर २०१८, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गरेका छन् ।

 

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताए। ‘प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीले राखेका मागहरुलाई सकारात्मक ढंगले लिदै चाँडो भन्दा चाँडो समस्या हल गर्ने बताए छन्।

छलफलमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी नदिइएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए ।

त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।प्रधानमन्त्रीसँगको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्षमण्डलका सबै ६ जना सदस्य सहभागी थिए ।

 

 

 

Latest News