Home नेपाल तथा विश्व समाचार थुनामा रहेका रेशम चौधरीलाई सांसदको सपथ

थुनामा रहेका रेशम चौधरीलाई सांसदको सपथ

E-mail Print PDF
AddThis Social Bookmark Button

३ जनवरी २०१९, टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई सांसदको सपथ खुवाइएको छ ।

 

चर्काचर्की एवं आरोप प्रत्यारोपबीच सकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकको निष्कर्ष थियो, ‘महत्वपूर्ण निर्णय गर्दा पार्टीमा परामर्श गर्ने । नेताहरुले पनि सरकारको काम कारवाहीलाई काँध थाप्ने ।

बैठक सकिएको साता दिन बित्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुरानै शैलीमा फर्किएका छन् । चौधरीलाई सपथ खुवाउने निर्णय नेकपाका शीर्ष नेताहरुलाई थाहै नदिई प्रधानमन्त्री ओली, प्रचण्ड र सभामुखको सल्लाहमा गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको हो ।

नेताहरुका अनुसार यो टीकापुर घटना र चौधरीबारे ओलीको यू(टर्न मात्र होइन, सचिवालय सदस्यहरुलाई दिएको ‘सरप्राइज’ पनि थियो । चौधरीको सपथबारे पार्टीको कुनै कमिटीमा छलफल भएको थिएन । शीर्ष नेताहरुसँग परामर्श समेत भएन ।

चौधरीको सपथलाई लिएर सत्तारुढ नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् । अनौपचारिक कुराकानीका क्रममा सचिवालय र स्थायी कमिटीका धेरै नेताहरुले वाइडबडी विमान खरिद प्रकरणले बद्नामी कमाएको बेला चौधरीको सपथले सरकार र पार्टी नेतृत्वलाई थप रक्षात्मक बनाएको तर्क गरेका छन् ।

हतार हतार जेलबाट लगेर रेशम चौधरीलाई सपथ खुवाउनु पर्ने बाध्यता के आइलाग्यो भन्ने प्रश्नको जवाफ आम मानिस मात्र होइन, सत्तारुढ नेकपाकै नेताहरु खोजिरहेका छन् ।

 

Latest News