Home नेपाल तथा विश्व समाचार गोपाल खड्कारको पाँच वर्षमा जग्गै जग्गा

गोपाल खड्कारको पाँच वर्षमा जग्गै जग्गा

E-mail Print PDF
AddThis Social Bookmark Button

७ जनवरी २०१९, पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा ।

एक करोड भन्दा बढी चन्दा । सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी । श्रीसम्पत्तिले सम्पन्न कुबेर अरु कोही नभएर आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का हुन् ।

 

तीनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ पैसा बराबर सम्पत्ति अवैध भएको अख्तियारको दाबी छ ।

सडक विभागबाट ५८ वर्षको उमेर हदका कारण अवकास पाए लगत्तै खड्का राजनीतिक नियुक्तिका आधारमा २०७१ माघ १२ गते आयल निगमको प्रमुख बनेका थिए । तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ठाडो प्रस्तावबाट उनलाई नियमको कार्यकारी निर्देशक बनेका थिए ।

आयल निगमको भण्डारण स्थल बनाउन विभिन्न ठाउँमा जग्गा खरिद गर्दा अनियमिता गरेको भेटिएपछि खड्कालाई सरकारले २ असोज २०७४ मा बर्खास्त गरेको थियो । तर, आयल निगममा साढे ३ वर्ष कार्यकारी निर्देशक हुँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।