Home नेपाल तथा विश्व समाचार अर्बपति व्यवसायी अनिल अम्बानीले जेल सजायको सामना गर्नु पर्ने

अर्बपति व्यवसायी अनिल अम्बानीले जेल सजायको सामना गर्नु पर्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

२० फेबु्रवरी २०१९, भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीले जेल सजायको सामना गर्नु पर्ने भएको छ।

अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि उनले जेल सजायको सामना गर्नु पर्ने भएको छ।

 

एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ।गत वर्षको डिसेम्बर १५ तारिखसम्ममा आरकमले एरिक्सनलाई बक्यौता रकम तिरिसक्नु पर्ने भनी भारतको सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्न आरकम असफल भएको छ।

अब अनिल अम्बानीले त्यस्तो रकम नतिरे उनलाई तीन महिनाको जेल सजाय हुने भारतको सर्वोच्च अदालतले बताएको छ।उनलाई अदालतको आदेशको अवहेलना गरेको अभियोगमा दोषी ठहराउँदै उक्त रकम भुक्तानी गर्न अर्को चार हप्ताको समय दिइएको नत्र जेल जानु पर्ने भनिएको छ।यो विवादको दुवै पक्षले आफूहरूले अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।

एरिक्सनले सन् २०१४ मा उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो र गत वर्ष आरकमविरूद्धको अदालती प्रकृया आरम्भ गरेको थियो।अदालतले रिलायन्स टेलिकमका अध्यक्ष सतिस सेठ र रिलायन्स इन्फ्राटेलका अध्यक्ष छाँया भिरानीले पनि आफ्नो आदेश उल्लंघन गरेको ठहर गरेको छ।तर अदालतले भनेको छ( यदि ब्याजसहित बक्यौता रकम भुक्तानी गरिए तीनै जनाले सजाय बेहोर्न पर्ने छैन।

 

 

Latest News