Home नेपाल तथा विश्व समाचार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ फेबु्रवरी २०१९, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त ।

पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका छन्।उद्धारका लागि गएको हेलिकप्टर घटनास्थल पुगिसकेको छ र त्यहाँबाट आएको विवरण अनुसार सबैको ज्यान गएको छ।एपीवान टेलिभिजनसँग कुरा गर्दै उद्धारमा खटिएको सिम्रिक एयरका पाइलटले आफूले ६ वटा शव देखेको बताएका छन्।

 

एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सातजना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए।

दुर्घटनाको समाचार आइरहँदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको कृषिमन्त्री चन्द्रप्रकाश खनालले बताएका छन्।उनले भने, तत्काल आऊनू भनेर प्रधानमन्त्री कार्यालयबाट खबर आयो।

मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाण्डूबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको थियो।त्यहाँबाट हेलिकप्टर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरतिर गएको थियो।हेलिकप्टर दुर्घटना पाथीभरानजिकै भएको स्थानीयवासीहरूले बताएका छन्।

ताप्लेजुंग जिल्ला, फुङ्लिङ न।पा १० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भिरमा रहेको हेलिकप्टर दुर्धटना स्थलमा अस्थायी प्रहरी चौकी माथिल्लोे फेदी बाट खटिएको प्रहरीको प्राथमिक उद्दार टोली पुगि उद्दार कार्यमा संलग्न हुँदै ।

ठूलो आवाज आएको र आगो लागेको सूचना स्थानीय बासिन्दाहरूबाट पाएको प्रहरीले बताएको छ।खराब मौसमका कारण उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

 

 

Latest News