Home नेपाल तथा विश्व समाचार डोनल्ड ट्रम्प तथा किम जङ(अन बीचको शिखरवार्ता विना सहमति टुङ्गियो

डोनल्ड ट्रम्प तथा किम जङ(अन बीचको शिखरवार्ता विना सहमति टुङ्गियो

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ फेबु्रवरी २०१९, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विना कुनै सहमति टुङ्गिएको छ, यसपटक कुनै सहमति हुन सकेन।

तर दुवै पक्षका टोली भविष्यमा थप बैठकका लागि आशावादी छन्, ह्वाइट हाउसकी प्रवक्ताले स्यारा स्यान्डर्सले एक विज्ञप्तिमा उल्लेख गरेकी छन्।

 

यो वार्तामा परमाणु निरस्त्रीकरणसम्बन्धी कुनै किसिमको सहमति हुने केही आशा गरिएको थियो।वार्तामा आफ्नो उपस्थितिले उत्तर कोरिया परमाणु निरस्त्रीकरणका लागि तयार रहेको सङ्केत गर्ने किम स्वयंले उल्लेख गरेका थिए।

यदि म त्यो चाहन्न थिएँ भने म यहाँ आउने थिइनँ, उनले सम्वाददाताहरूलाई बताएका थिए।सो जबाफ सुनेर ट्रम्पले यो तपाईँहरूले सुनेकोमध्येकै उत्तम उत्तर होलाू समेत भनेका थिए।

वाशिङ्टनले यसअघि उत्तर कोरियाले एकपक्षीय रूपमा परमाणु अस्त्र त्यागेपछि मात्र आर्थिक प्रतिबन्ध खुकुलो पार्न सकिने बताएको थियो।तर उत्तर कोरियाका निम्ति उक्त शर्त स्वीकारयोग्य भएन।

वार्ताअघि बोल्दै ट्रम्पले आफूले सही सहमति चाहेको भन्दै गत वर्षको सिङ्गापुर शिखरवार्ताको उपलब्धिबारे उत्पन्न निराशाजनक टिप्पणीहरू पन्छाउन खोजेका थिए।परमाणु रकेट र क्षेप्यास्त्रजस्ता अस्त्रको परीक्षण रोकिएकोमा म खुसी छु।उनले किमप्रति आफूमा उच्च सम्मान रहेको पनि बताएका थिए।

 

 

Latest News