Home नेपाल तथा विश्व समाचार इयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियामा ब्रिटिश सांसदहरू सहमत हुन सकेनन्

इयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियामा ब्रिटिश सांसदहरू सहमत हुन सकेनन्

E-mail Print PDF
AddThis Social Bookmark Button

१ अप्रिल  २०१९, युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएका वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू सहमत हुन सकेनन्।

 

तल्लो सदन हाउस अफ कमन्समा सोमबार साँझ प्रस्तुत गरिएका चार विभिन्न प्रस्तावहरुमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया झन् अनिश्चित बन्दै गएको छ।

संसदमा ब्रेक्जिटको भावी दिशाबारे वैकल्पिक उपाय खोजिएको यो दोस्रोपटक हो।कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यी प्रस्तावहरू सरकारका लागि अगाडिको बाटो तय गर्न सहयोग गर्ने ठानिएका थिए।

सबैभन्दा झिनो तीन मतले पारित हुन नसकेको प्रस्ताव भने इयुसँग भन्सार संघमै रहने भन्ने थियो। जसको अर्थ सीमा शुल्क र करका विषयमा अन्य इयु राष्ट्रसरह एकै प्रणालीमा रहने भन्ने थियो।

उक्त प्रस्तावमा यसअघिको मतदानमा भन्दा बढी मत समेत आएको छ।उत्तरी आयरल्याण्डको सीमाको बिषयलाई हल गर्न यो विकल्प सहयोगी हुने धेरैले ठानेका छन्।तर त्यसले युकेलाई अन्य मुलुकसँग स्वतन्त्र रूपबाट व्यापार सम्झौताहरू गर्न भने रोक्नेछ।

यसअघि नै प्रधानमन्त्री टरिजा मेले इयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसदमा तीनपटक अस्वीकृत भइसकेको छ।

यतिखेर मेसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा बिना सम्झौता इयु छाड्ने विषयमा निर्णय गर्त १२ एप्रिलसम्मको समयसीमा छ।युकेलाई एकल बजार र भन्सार संघभित्रै राख्ने एक संशोधन प्रस्ताव भने सबैभन्दा धेरै मत अन्तरले अस्वीकृत भयो।

उक्त प्रस्ताव पारित नभएपछि सत्तारूढ कन्जरभेटिभ पार्टीका प्रस्तावक निक बोल्सले पार्टीबाट राजिनामा दिएका छन्।

प्रधानमन्त्री मे ब्रिटेन इयु बजारमा रहने कुराको शुरुदेखि विरोध गर्दै आएकी छन्।ब्रेक्जिक मन्त्री स्टेफन बर्क्लेले संसदमा बोल्दै एक मात्र विकल्पु भनेको सम्झौतासहित इयु छाड्नु रहेको बताएका छन्।यदि संसदले यो साता उक्त सम्झौता पारित गर्न सकेमा अझै पनि युरोपेली चुनावबाट पर रहन सकिन्छ।ू

ब्रेक्जिटका बारेमा बोल्दै युरोपेली आयोगका अध्यक्ष जँ क्लड यंकरले ब्रिटेनसँग इयुको धैर्यता सकिन लागेको बताएका छन्।प्रधानमन्त्री मेले इयुसँगको बहिर्गमन सम्झौतालाई पुनस् चौथोपटक संसदमा ल्याउन सक्ने बताइएको छ।

 

 

Latest News