Home नेपाल तथा विश्व समाचार कांग्रेस कार्यसम्पादन समिति गठनमा सहमति जुटेन

कांग्रेस कार्यसम्पादन समिति गठनमा सहमति जुटेन

E-mail Print PDF
AddThis Social Bookmark Button

६ अप्रिल  २०१९, नेपाली कांग्रेस कार्यसम्पादन समिति गठनमा सहमति जुटेन।

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो।

 

बैठकको एजेण्डा थियो, कार्यसम्पादन समिति गठनमा सहमति खोज्नु। सहमति पनि जुट्यो, भागबन्डामा। कार्यसम्पादन समितिमा ६०र४० मा सहमति जुट्यो। सभापति शेरबहादुर देउवा समूहले ६० प्रतिशत राख्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई ४० प्रतिशत दिने सहमति भयो।

४० प्रतिशतभित्र पौडेललाई कृष्णप्रसाद सिटौला समूहलाई पनि हटाउँनुपर्ने अवस्था छ। यस्तै, देउवा ‘क्याम्प’ छाडेर आएका नेता केवी कुरुङ र अर्जुनरसिंह केसीलाई पनि पौडेलले नै समेट्नुपर्छ। कर्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना नेता अटाउँछन्। संस्थापनइतर समूहबाट पौडेलसहित महामन्त्री डा।शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव छन्। त्यसबाहेक करिब आठ जना नेतालाई मात्रै पौडेलले आफ्नो समूहबाट समेट्नसक्छन्।

कार्यसम्पादन समितिमा ‘सिनियर’लाई अवसर दिनुपर्ने धारणा कांग्रेसमा छ। कार्यसम्पादन समितिले केन्द्रीय समिति बस्न नसकेको बेलामा पार्टीलाई गतिशील बनाउन मदत पुग्छ। अखाफूसँग भएको सिनियर नेतालाई नै व्यवस्थापन चुनौती भएका बेला सिटौला समूहलाई समेट्न नसक्ने निष्कर्षमा पुगेपछि वरिष्ठ नेता पौडेल सहमति तोड्न बाध्य भए।

त्यसकारण शनिबारको बैठक बस्दै नबसी स्थगित भयो। देउवा समूह र पौडेल समूहको भागबन्डामा आफूलाई तेस्रो धारको दाबी गर्ने नेता सिटौलाले आपत्ति जनाएपछि बैठक बस्न सकेन।भागबन्डा गरेर शेरबहादुर र रामचन्द्रले पार्टी सकिसके। जबसम्म कांग्रेस उठ्नै सक्दैन तबसम्म भागबन्डा रहिरहन्छ भन्ने प्रष्ट भएको छ’,  ‘वीपी, सुवर्ण, किशुनजीहरूलाई भागबन्डा नहुँदा पनि भएको थियो।

 

 

Latest News