Home नेपाल तथा विश्व समाचार भारतमा पहिलो चरणको मतदान सम्पन्न

भारतमा पहिलो चरणको मतदान सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

११ अप्रिल २०१९, भारतमा आम चुनावको पहिलो चरण अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ।

ती मतदान ९१ वटा सीटको लागि भएको हो।त्यसक्रममा ठूला प्रदेशहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल लगायतका विभिन्न निर्वाचन क्षेत्रमा मतदान भएको हो।

सरकारी विवरण अनुसार साँझ पाँच बजेसम्म बिहारमा ५०।२६ प्रतिसत, पश्चिम बंगालमा ८० प्रतिसत, उत्तर प्रदेशमा ५९।७७ प्रतिसत, उत्तराखण्डमा ४६।५९ प्रतिसत, उडिसामा ६६ प्रतिसत, तलंगानामा ६०।५७ प्रतिसत, जम्मु कश्मीरमा ४६ प्रतिसत, सिक्किममा ५५ प्रतिसत, मणिपुरमा ७८।२० प्रतिसत, मिजोरममा ५५।२० प्रतिसत, नागाल्याण्डमा ७३ प्रतिसत, आसाममा ६८ प्रतिसत र मेघालयमा ६२ प्रतिसत मत खसेको थियो।झण्डै डेढ महिनासम्म हुने चुनावमा ९० करोड मतदाताले भोट खसाल्ने ठानिएको छ।

भारतको कूल जनसंख्याको आधाभन्दा बढी २५ वर्षभन्दा कम उमेरका छन्।त्यसैले यो देशको बहुमतको आवाज हो। जसले चुनावमा अहिलेसम्मको सबैभन्दा बढी महत्व राख्छ।यो चुनावमा पहिलो पटक पुरुषभन्दा धेरै महिलाले मतदान गर्ने अनुमान गरिएको छ।

नरेन्द्र मोदीलाई चुनौति दिन प्रधानमन्त्री आफ्ना वाचा पूरा गर्न पूर्णतस् विफल भएको आरोप लगाउँदै कांग्रेसका नेता राहुल गान्धीले विपक्षीहरूको तर्फबाट नेतृत्व गरेका छन्।

मतदान सुरु हुँदा चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको जनमत संग्रह पनि ठानिएको छ।गुजरातबाट आएर उनी सन् २०१४ मा ठूलो जीतका साथ शक्तिमा आएका थिए।

उनका समर्थकले देशभित्र र बाहिर मुलुकको स्वार्थ रक्षा गर्ने सक्ने उनी बलियो व्यक्ति भएको बताउँछन्।अति गरिबी उनकै पालमा घटेको छ। तर विगत पाँच वर्षमा झण्डै आधा शताब्दी यताकै धेरै बेरोजगारी देखा परेको छ।भारतले पहिलो आम चुनाव( ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१र५२ मा गरेको थियो।यसपाली चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन्।

 

 

Latest News