Home नेपाल तथा विश्व समाचार नेपाली सेनाका सेवारत र अवकाशप्राप्त कर्मचारीमा आचार संहिता लागु हुने

नेपाली सेनाका सेवारत र अवकाशप्राप्त कर्मचारीमा आचार संहिता लागु हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ अप्रिल २०१९, नयाँ आचार संहिता नेपाली सेनाका सेवारत र अवकाशप्राप्त दुवैथरी कर्मचारीमा लागु हुने भनिएको छ।

अनुशासन र आचरणप्रति आफ्नो सङ्गठन निकै गम्भीर भएको सङ्केत दिँदै आठ महिनाअघि पद सम्हालेका नयाँ सेना प्रमुख महारथी पूर्णचन्द्र थापाले आफ्ना सबै अधिकृत तथा जवानहरूका लागि आचार संहित सप्ताह सुरु गरेका छन्।

सैनिक आचार संहिताबारे प्रशिक्षण दिइने यो कार्यक्रम सात दिनसम्म चल्दैछ र यस्तो सप्ताह हरेक वर्ष वैशाखको पहिलो साता सञ्चालन गर्ने उनको योजना छ।नेपाली सेनाका अधिकारीहरूका अनुसार नेपाली सेना विभिन्न विवादहरूमा मुछिएका विवरणहरू सार्वजनिक हुन थालेपछि ऊ आचार संहिता कडाइका साथ लागु गराउन तत्पर भएको हो।

नयाँ आचार संहिताले स्पष्ट रूपमा भेटघाट र सार्वजनिक अभिव्यक्तिका विषयमा गर्न हुने, गर्न नहुने र गर्नु पर्नेू विषयहरू स्पष्ट पारिदिएको छ। त्यसबाट नेपाली सेनाका सकल दर्जाका सदस्यहरूलाई सैनिक सदाचार र आचरण कायम गर्न स्पष्ट मार्गनिर्देशन मिल्ने जङ्गी अड्डाका अधिकारीहरूको आशा छ।

नयाँ आचार संहिताले नेपाली सेनाका सदस्यहरूका लागि सेनाको मूल्यमान्यता, परम्परा तथा शिष्टाचार, मिडिया तथा सोसियल मिडियाको प्रयोग, आर्थिक पारदर्शिता, राजनैतिक र सार्वजनिक भेटघाट, विदेशीसँगको भेट, शिक्षक तथा शिक्षार्थीको आचरण, भर्ना तथा छनौट प्रक्रिया र उपहार लिने दिने विषयमा स्पष्ट मार्गदर्शन गरेको प्रवक्ता पाण्डेले बताए।सैनिक आचार संहिताले लैङ्गिक विषयमा पनि सैनिक तथा अधिकृतहरूलाई स्पष्ट मार्गदर्शन गरेको छ।

नयाँ आचार संहितालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै महारथी थापाले जङ्गी अड्डाको भेलामा सैनिक आचरणविपरितका कुनै पनि कार्य सङ्गठनमा मान्य र क्षम्य हुनु हुँदैनू भन्ने आफ्नो मान्यता सबैलाई स्मरण गराएका थिए।

 

Latest News