Home नेपाल तथा विश्व समाचार अफगानिस्तानको राजधानीमा सशस्त्र व्यक्तिहरूले आक्रमण

अफगानिस्तानको राजधानीमा सशस्त्र व्यक्तिहरूले आक्रमण

E-mail Print PDF
AddThis Social Bookmark Button

२० अप्रिल २०१९, अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका छन्। शनिवार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो। तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए। तीन जनामध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको बताइएको छ।दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली हानेको ती अधिकारीले बताए।

मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११स्४० बजे विस्फोटन भएको सुनिएको थियो।छ घण्टापछि सो घटना टुङ्गिएको अधिकारीहरूले पुष्टि गरे।

राजधानीको व्यक्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले बताएको छ।तर घटनामा छ व्यक्ति घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताए।

सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो।तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो।उक्त क्षेत्रमा सेरेना होटल रहेको छ र त्यसलाई अतिसुरक्षित क्षेत्र मानिन्छ। उक्त होटलमा धेरै विदेशीहरू बस्ने गर्छन्।

अठारतले सूचना मन्त्रालयको उक्त भवनलाई काबुलका अग्ला भवनमध्येको एक मानिन्छ।त्यस क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेरेर राखेका थिए।महिनौँको शान्तिपश्चात् काबुलमा अहिले आक्रमण भएको हो।

यो घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन।तर अमेरिका र तालिबानबीच अफगानिस्तानमा शान्तिप्रक्रिया सुरु गराउन थालिएको भनिएको वार्ताहरूबीच यो आक्रमण भएको छ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्नो सङ्गठन यो आक्रमणमा संलग्न भएको बताए।इस्लामिक स्टेट समूह अफगान शाखाले पनि शनिवारको आक्रमणबारे केही बोलेको छैन। यसअघि भएका आक्रमणहरूमा सो समूह संलग्न हुने गरेको थियो।

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।अधिकांश पश्तुन समुदायका व्यक्तिहरू संलग्न रहेको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।पश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। र, १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबानको नियन्त्रणमा आइसकेको थियो।सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

 

 

Latest News