Home नेपाल तथा विश्व समाचार गुल्मेलीहरु नौमती बाजामा रमे

गुल्मेलीहरु नौमती बाजामा रमे

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ अप्रिल २०१९, गल्मी समाज हङकङको आयोजनामा यूनलोङको ताइतोङ स्थित पार्कमा विविध कार्यक्रम सहित नेपाली नर्या बर्ष २०७६ को हार्दिक स्वागत तथा २०७५ को विदाई गरेको छ ।

कार्यक्रममा नौमती (पञ्चे) बाजाको प्रस्तुतीमा उपस्थित महानुभावहरु रमेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका पूर्व सचिव भरत थापा रहेका थिए । कार्यक्रमको समुदघाटन प्रमुख अतिथिले पानसमा दीप प्रज्जवलन गरि गरेका थिए । उदघाटन पश्चात नेपाली राष्ट्रिय गीत संगै अतिथिहरुले नेपाली नयां बर्षको शुभकामना आदान प्रदान गरेको थिए । सबै अतिथिहरुका तर्फबाट समाजका पूर्व अध्यक्ष नेत्र पहराई र अतिथि हेमराज थापाले नेपाली नयां बर्षको शुभकामना मन्तव्य दिएका थिए । शुभकामना पश्चात समाजको नौमती (पञ्चे) बाजा समुहले नौमती बाजाको तालमा उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिएका थिए । अतिथि अमृतँ रानाले लोकभाकाका गीतहरुमा नौमती (पञ्चे) बाजा समुह संग सहकार्य गरेकी थिइन ।

 

विशेष अतिथि समाजसेवी तथा समाजका सल्लाहकार पे्रम गलामी अतिथिहरुमा, नेपाली जनसम्र्पक  समिति हङकङका निवर्तमान अध्यक्ष एवं मगर संघ हङकङका वर्तमान सल्लाहकार वसन्त श्रीनेट, मगर संघ हङकङका सचिव तथा बाग्लुङ समाजका उपाध्यक्ष अमृता राना, पाल्पा श्रीनगर समाजका अध्यक्ष तथा मगर संघ हङकङका पूर्व कोषाध्यक्ष पूर्ण दर्लामी, थकाली समाजका उपाध्यक्ष हरि शेरचन, नेत्र ज्योतीसंघ हङकङ च्याप्टरका अध्यक्ष तथा समाजका निवर्तमान सचिव श्री इश्वर विक्रम शाह, लुम्विनी मंच हङकङका पर्व अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार श्री हेम राज थापा, समाजका पूर्व अक्ष्यक्ष एवं वर्तमान सल्लाहकार नेत्र पहराई लगायतका महानुभावहरु अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा निवर्तमान कार्यसमितिलाई विदाई गर्दै समाजको स्थापना देखि निरन्तर सहकार्य गर्ने समाजका  पूर्व अध्यक्ष डिल बुढाथोकीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन समाजका सचिव थल श्रीसले गरेका थिए भने, अध्यक्षता समाजका का. वा. अध्यक्ष बाबुराम क्षेत्रीले गरेका थिए । उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष कुमारी थापाले स्वागत गरेका थिए ।

औपचारीक कार्यक्रम पश्चात नौमती (पञ्चे) बाजामा उपस्थित महानुवहरुले विविध लोक भाकाहरुमा आफनो प्रस्तुतीका साथ मनोरञ्जन गरेका थिए ।

 

Latest News