Home नेपाल तथा विश्व समाचार राष्ट्रपति निकोलास मदुरोको शासनलाई समाप्त गर्ने घोषणा

राष्ट्रपति निकोलास मदुरोको शासनलाई समाप्त गर्ने घोषणा

E-mail Print PDF
AddThis Social Bookmark Button

१ मे २०१९, भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले आफू राष्ट्रपति निकोलास मदुरोको शासनलाई समाप्त गर्ने अन्तिम चरणू मा रहेको घोषणा गरेका थिए।

सैनिक पोशाक लगाएका मानिसहरूसँग देखिएका ग्वाइदोले आफूलाई सेनाको समर्थन रहेको बताएका थिए।ग्वाइदोले गत जनवरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए।ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ।

दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन्।ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन्। प्रदर्शनकारीहरूले ढुँगा प्रहार गरिरहेका र तिनीहरूलाई अश्रु ग्यास र पानीको फोहराले धपाउने प्रयास भैरहेको देखिन्छ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका थिए।उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन्।

भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन्।उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन्।हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग देखिन्छन्।ग्वाइदोले राष्ट्रपति मदुरोको ूअवैधू शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन्।

ह्वाइट हाउसको प्रेस मामिला हेर्ने एकजना अधिकारी सेराह स्यान्डर्सले पछिल्लो घटनाक्रमबारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको र ूआफूहरूले वस्तुस्थितिलाई नियालिरहेकोू बताएकी छन्।

ग्वाइदोका समर्थक रहेका अमेरिकी सिनेटर मार्को रुबियोले न्याश्नल एसेम्बलीका प्रमुखलाई समर्थन गर्न त्यहाँको सेनालाई सामाजिक सञ्जाल ट्विटरमार्फत् अपील गरेका छन्।भिडिओ सन्देशमा ग्वाइदोले कराकसस्थित ूबहादुर सैनिकहरूू को आफूलाई समर्थन रहेको बताएका छन्।

ग्वाइदो विपक्षीको नियन्त्रण रहेको न्याश्नल एसेम्बलीका प्रमुख हुन्।अन्तरिम राष्ट्रपतिमा निर्वाचित भएदेखि नै उनले आफूलाई सघाउन सेनालाई आग्रह गर्दै आएका छन्।

 

Latest News