Home नेपाल तथा विश्व समाचार अमेरिकाले मध्यरात देखि चिनियाँ सामानमा थप कर लगाउन सुरु

अमेरिकाले मध्यरात देखि चिनियाँ सामानमा थप कर लगाउन सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

१० मे २०१९, अमेरिकाले मध्यरातमा दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा १० देखि २५ प्रतिशत कर बढाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्, उनको प्रशासनले सवा ३ सय अर्ब डलर बराबरका चिनियाँ सामानमाथि कर लगाउनका लागि काम सुरु गरेको छ।आफ्ना शृङ्खलाबद्ध ट्वीटमा उनले परम्परागत सम्झौता भन्दा थप करले अमेरिकालाई अझ धेरै समृद्ध बनाउने बताए।यसअघि नै अमेरिकाले दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमाथिको आयातशुल्कमा दोब्बर वृद्धि गरेर दुई देशबीच जारी व्यापार विवादलाई थप जटिल बनाइदिएको छ।अमेरिकाले १० प्रतिशत रहेको आयातशुल्क २५ प्रतिशत पुर्‍याएपछि चीनले पनि त्यस्तै कदम चाल्ने बताएको छ।

चीनले अमेरिकी कदममा खेद व्यक्त गर्दै आवश्यक प्रतिरोधी कदम चाल्ने बताएको छ।यो कदम वाशिङ्टनमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू बीच व्यापार सम्झौता गर्ने प्रयास भइरहँदा चालिएको हो।केही समय अगाडि मात्रै अमेरिका र चीन सम्झौताको नजिक देखिएका थिए।

चीनको व्यापार मन्त्रालयले आफ्नो वेबसाइटमा अमेरिकी कदमको पुष्टि गरेको छ।ूहामी आशा गर्छौँ चिनियाँ र अमेरिकी पक्षले सहयोग र सल्लाह गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्नेछन्,ू मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

अमेरिका र चीनको व्यापार विवादले विश्व अर्थतन्त्रलाई असर गर्ने देखिएको छ र व्यवसाय एवम् ग्राहकहरूका बीच अनिश्चितताको वातावरण सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ३।२५ खर्ब डलरको सामानमाथि आयातशुल्क बढाउने चेतावनी दिएकोले यो अवस्था अझै नराम्रो हुनसक्छ।


 

 

Latest News