Home नेपाल तथा विश्व समाचार परशुराम गुरुङ मानव बेचविखन आरोपमा पक्राउ

परशुराम गुरुङ मानव बेचविखन आरोपमा पक्राउ

E-mail Print PDF
AddThis Social Bookmark Button

२५ मे २०१९, थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्र्तराष्ट्रिय संगठन ९इन्टरपोल०ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।

मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। शनिबार सिआइबी प्रमुख डिआइजी निरजबहादुर शाहीले अरुको खोजी भइरहेको बताए। ‘परशुरामलाई ल्याइएको छ अन्यको खोजी गरिरहेका छौं,’ डिआइजी शाहीले भने। सीआइबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराजलगायतका नाममा ठगी गर्थे।

२०६७ सालदेखि नै उनी ठगीमा संलग्न रहेका थिए। २०६७ सालमा सँगै रहेका राईसहितका अन्य व्यक्तिले भने गुरुङलाई छाडेर आफ्नो छुट्टै समूह बनाए। २०६७ देखि २०७१र०७२ सम्म ५० भन्दा धेरै मानिसलाई क्यानाडा, अस्ट्रेलिया, अमेरिका पठाइदिने भन्दै गुरुङले ठगी गरेका थिए। उजुरी पर्ने क्रम जारी छ। शनिबार पनि सिअइबीमा पीडितहरुको ठूलै समूह भेला भएको थियो। २४ पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीसम्बन्धि जानकारी पठाउने र सामाजिक सञ्जालमार्फत सम्पर्क बनाएर आफू क्यानडाको पियार होल्डर बताउँदै अरुलाई पनि क्यानडाको पिआर दिलाइदिने भन्दै ठगी गरेका थिए। उनले ती देशमा काम लगाइदिने र आर्कषक तलब भत्ताको व्यवस्थासमेत गरिदिने आश्वासन दिएका थिए। गुरुङले प्रतिव्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म असुलेका थिए। यो रकम झण्डै १३ करोडभन्दा बढी हुने प्रहरीले दाबी गरेको छ। ‘उनले १३ करोडभन्दा बढी नेपाली रुपैयाँ विभिन्न व्यक्तिको खातामा राख्न लगाएको र पीडितहरुलाई भिजिट भिषामा थाइल्याण्डको बैंकक बोलाएर लुटपाटसमेत गर्ने गरेका रहेछन्,’ सिआइबी प्रमुख शाहीले भने।

क्यानाडा वा अमेरिका पठाइदिने भन्दै गुरुङले मानिसहरुलाई बैंकक बोलाएर बन्धक बनाउने, पीडितले नेपालबाट सटही गरी लगेको अमेरिकी डलर लुट्ने, नेपालमा रहेका आफन्तलाई सम्पर्क गर्न लगाई नेपालस्थित एजेन्टमार्फत थप रकम असुल्न लगाएपश्चात पीडितहरुलाई चरम शोषण गर्ने गरेका थिए। पीडितहरुले उनीविरुद्ध सिआइबीमा उजुरी गरेपछि २०७१र२०७२ सालदेखी मुद्दा दर्तागरी अनुसन्धान सुरु गरेको थियो। हालसम्म ५० जनाभन्दा बढी पीडितले विभिन्न समयमा प्रतिवादी परशुराम गुरुङको नाममा मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएपछि प्रहरीको इन्टरपोल शाखाले डिफ्युज नोटिसका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई आग्रह गरेको थियो।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको सहयोगमा उनी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्ने क्रममा नेपाल सरकारले २०७२ साल जेष्ठ २२ गते पासपोर्ट रद्द गरी विभिन्न समयमा सम्बन्धित निकायसँग लगातार पत्राचार तथा समन्वय गर्दै आएको थियो। उनलाई चैत १५ गते पक्राउ गरेको थियो। ‘डिपोर्ट गर्ने कानुनी प्रक्रिया मिलाउँदा शुक्रबार उनलाई नेपाल ल्याएको हो’, डिआइजी शाहीले भने।

 

Latest News