Home नेपाल तथा विश्व समाचार संसद्‌मा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दल काङ्ग्रेसले बोल्न दिएन

संसद्‌मा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दल काङ्ग्रेसले बोल्न दिएन

E-mail Print PDF
AddThis Social Bookmark Button

१८ जुन २०१९, गुठी सम्बन्धी र मिडिया काउन्सिललगायतका विधेयकहरूको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंगलवार संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि उक्त विषयले सामाजिक सञ्जाल तताएको छ।

कतिपयले प्रमुख प्रतिपक्षी दलको कदमको समर्थन गरेका छन् भने कतिपयले विरोध गरेका छन्।हालै युरोप भ्रणमबाट फर्किएका प्रधानमन्त्री ओलीले संसदमा युरोप भ्रमण र समसामयिक विषयमा बोल्न समय माग गरेका थिए।

मंगलवार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेपछि काङ्ग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिन समय माग गरेको थियो।

सभामुख कृष्णबहादुर महराले मङ्गलवार सुरुमै प्रधानमन्त्री ओलीलाई बोल्ने समय दिए।ओलीलाई समय दिने बित्तिकै काङ्ग्रेस सांसदहरूले त्यसको विरोध गरे। उनीहरूले उठेर नाराबाजी गर्दै रोस्टमतर्फ गएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन्।

बैठक स्थगित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डिलबाट ट्विट गर्दै काङ्ग्रेसको कदमबाट आफू दुस्खी भएको बताए।

उनले ट्विटरमा लेखे, ूमैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउनु पाइँन।।। म दुस्खी भएको छु।सुफल काफ्लेले व्यङ्ग्य गर्दै लेखेका छन्, ूप्रमज्यू सभामुखलाई महाअभियोग लगाउनुस्। मुर्खु काङ्ग्रेसले रोस्ट्रम घेराउ गर्छ भन्ने जान्दै तपाईंलाई रोस्ट्रममा पुर्‍याउने होरुपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद्को अमूल्य समय र स्रोतु खेर नफाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली निकटहरूले संसदको घटनालाई असंसदीय र अमर्यादित भन्दै ट्विट गरेका छन्।प्रधानमन्त्रीमा मुख्य सल्लाहरकार विष्णु रिमालले लेखेका छन्, ूसंसद्‍मा प्रधानमन्त्रीले बोल्न नपाउनेरु उठेका वा उठाइएका मुद्दाहरू बारेमा संसदलाई स्पष्ट पार्न नपाउनेरु नेकाले संसद्‍मा आज जे गर्‍यो त्यो हाम्रो संसदीय लोकतन्त्रलाई क्षति पुर्‍याउने अर्यादित, अशोभनीय र गैरजिम्मेवार व्यवहार हैनरुू

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रिमालकै ट्विटमा प्रतिक्रिया दिँदै काङ्ग्रेसले लोकतन्त्र, बहुलवाद र संसदीय मर्यादा नै भुल्यो, लेखेका छन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डललाई मेन्सन गर्दै सभामुखलाई प्रश्न गरेका छन्।ट्विटरमै शर्माको उक्त भनाइलाई प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँइले प्रतिवाद गरे का छन्।


 

 

Latest News