Home नेपाल तथा विश्व समाचार एसईई नतिजा प्रकाशित

एसईई नतिजा प्रकाशित

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ जुन २०१९, माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ए प्लसु ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित परिणामअनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी ुए प्लसु श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो।

यो वर्ष पहिलो पटक सङ्घीय संरचनाअन्तर्गत एसईई भएको हो।कुल परीक्षार्थी चार लाख ७५ हजार तीन जना रहेको कार्यालयले बताएको छ। त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छस्

ए प्लस ९३।६ देखि ४ जीपीएस् १७,५८०

ए ९३।२ देखि ३।६ जीपीएस् ५१,१३७

बी प्लस ९२।८ देखि ३।२ जीपीएस् ६३,७४१

बी ९२।४ देखि २।८ जीपीएस् ७६,५६४

सी प्लस ९२ देखि २।४ जीपीएस् ९८,२०७

सी ९१।६ देखि २ जीपीएस् ९५,३०७

डी प्लस ९१।२ देखि १।६ जीपीएस् ४३,८४१

डी ९०।८ देखि १।२ जीपीए०स् ४,४२९

एसईईको नतिजा विभिन्न वेबसाइट र मोबाइल सन्देश एसएमएसबाट हेर्न सकिन्छ।शिक्षासम्बन्धी सरकारी निकायहरूका निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ, एसएमएसबाट भने १६०० मा अङ्ग्रेजीमा एसईई र सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ।

ग्रेडिङ र प्रादेशिक शिक्षा प्रणालीमा गएपछि विगतमा जस्तो चासो नभएको भनिए पनि आम नागरिकमा एसईईको नतिजाप्रतिको आकर्षण कायम नै छ।सामाजिक सञ्जालहरूले धेरैले एसईई नतिजाका लिएर टिप्पणी गर्ने र आफ्नो बेलाको परीक्षा एवम् नतिजा सम्झने गरेका छन्।

 

 

Latest News