Home नेपाल तथा विश्व समाचार हङ्‍कङको प्रहरी र प्रदर्शनकारीबीच झडप

हङ्‍कङको प्रहरी र प्रदर्शनकारीबीच झडप

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ जुलाई २०१९, हङकङमा लोकतन्त्रको समर्थन गर्दै भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केही प्रदर्शनकारीहरु प्रहरीको घेरामा प्रवेश गर्न खोजेपछि झडप भएको हो ।प्रदर्शनकारीहरुले चिनियाँ केन्द्रीय सरकारी कार्यालयतर्फ जाँदा सडक आसपासका घरहरुमा अण्डासमेत फ्याँकेका थिए ।

सुपुर्दगीसम्बन्धी एक विवादास्पद विधेयकको विरोधमा सुरु भएको हङकङको प्रदर्शनमा पछिल्लो समयमा लोकतन्त्रको विषयले प्रवेश पाएको हो । प्रदर्शनकारीहरुले लोकतन्त्रको प्रत्याभूतिसहितका माग अघि सारेका छन् ।प्रदर्शनकारीहरुले चीन सरकारको एउटा भवन बाहिर केही नारासमेत लेखिदिएका छन् ।

‘शान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौ’ जस्ता नारा प्रदर्शनकारीहरुले लेखेका हुन् ।यसैबीच हङकङको एउटा मेट्रो स्टेसनमा केही नकावधारी व्यक्तिले लोकतन्त्र समर्थकहरुमाथि हमला गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा सो नकावधारी समूहले मानिसलाई लाठीले कुटिरहेको देखिएको छ ।घटनामा कम्तिमा ३६ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनमा ४ लाख ३० हजारभन्दा बढी सहभागी भएको बताइएको छ । तर प्रहरीले भने १ लाख ३८ हजार सहभागी भएको जनाएको छ ।यस्तै लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनको विरोधमा समेत हङकङकमा ¥याली निकालिएको छ । सो र्‍यालीमा समेत हजारौं सहभागी भएका थिए ।

हङ्‌कङमा जारी लोकतन्त्र पक्षधरहरूको ठूलो प्रदर्शनबाट फर्कदै गरेका मानिसहरूलाई त्यहाँको एउटा रेलस्टेसनमा सेतो टिसर्ट लगाएका नचिनिएका मानिसहरूको समूहले आक्रमण गरेको छ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा त्यहाँको युएन लङ स्टेसनमा लाठी लिएका पुरूषहरूको समूहले मानिसहरूलाई पिटिरहेको देखिन्छ।३० जनाभन्दा बढी मानिसहरू घाइते भएको बताइए पनि आक्रमण गर्नेहरू को थिए भन्ने जानकारी आएको छैन।

प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याकेको अधिकारीहरूको आरोप छ।प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकिरहेका थिए।

आइतवारको प्रदर्शनको आयोजना गर्नेहरूले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको बताएका छन्।शुरूमा एउटा बन्दै गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर यस्तो विरोध प्रदर्शन थालिएको थियो।उक्त कानुन अनुसार हङ्‌कङका मानिसहरूलाई पनि चीनमा सुपुर्दगी गर्न सकिने थियो।अब भने त्यसमा लोकतन्त्रसम्बन्धी अन्य कुरा पनि समेटिएका छन्।

आइतवार अबेर नकाब लगाएको दङ्गा नियन्त्रण गर्ने प्रहरी हातमा ढुङ्गामुढा छेक्ने सुरक्षाढालसहित त्यहाँको मुख्य टापुस्थित एउटा नौका टर्मिनल नजिकै प्रदर्शनकारीतर्फ बढिरहेको देखिएको थियो।

चीन सरकारको एउटा भवन बाहिर केही प्रदर्शनकारीले छर्कन मिल्ने पेन्टले नारा लेखिदिएका छन्।त्यसमध्येको एउटा नारा छ( ूशान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौँ।

सीसीटीभीमा केही प्रदर्शनकारी प्रहरी चौकी बाहिर पनि छर्कन मिल्ने पेन्टसहित देखिए।

उत्तरी हङ्‌कङको एउटा मेट्रो स्टेशनमा केही नकाबधारी व्यक्तिहरूले लोकतन्त्र समर्थकहरूमाथि हमला गरेका छन्।उक्त घटनाको भिडिओमा त्यो समूहले मानिसहरूलाई लाठीले कुटिरहेको देखिन्छ।उक्त घटनापश्चात् कम्तीमा ३६ जना मानिसलाई अस्पताल लगिएको जनाएका छन्।

विरोधका पर्चाहरूको साथमा एउटा विस्फोटक पदार्थको थुप्रो पाइएपछि पछिल्लो र्‍याली किनारा लागेको थियो।शनिवार प्रदर्शनकारीलाई जवाफ दिन प्रहरीको समर्थनमा एउटा र्‍याली भएको थियो। त्यसमा हज्जारौँ मानिस सहभागी थिए।

अश्रुग्यास, रबरको गोली, संसद्‌ भवनमा प्रदर्शनकारीले पुर्‍याएको क्षति र छिटपुट झडपका कारण त्यस क्षेत्रको वर्तमान इतिहासमा सबैभन्दा खराब सङ्कट पैदा भएको छ।हङ्‌कङ सरकारले सुपुर्दगी विधेयकलाई खारेज गरिसकेको छ।

ब्रिटेनको उपनिवेशमा रहिसकेको हङ्‌कङ चीनको हिस्सा हो। तर ूएक देश, दुई प्रणालीू सिद्धान्त अनुसार चल्दै आएको छ।उक्त प्रणालीले एउटा तहको स्वायत्तता प्रदान गर्छ।हङ्‌कङको आफ्नै न्यायालय र न्यायिक प्रणाली रहेको छ। त्यो चीनबाट स्वतन्त्र छ।

आइतवार प्रदर्शनकारीले लगातार प्रदर्शनको सातौँ सातामा ठूलो प्रदर्शन गरेका थिए।उक्त प्रदर्शनलाई मुख्य चिनियाँ सरकारी कार्यालयहरू रहेको केन्द्रमा पुग्न नदिइकन वान चाईमा रोकियो।त्यसका लागि करिब ४ हजार प्रहरी अधिकारीहरू खटाइएका थिए।

 

Latest News