Home नेपाल तथा विश्व समाचार ब्रिटेनमा बोरिस जोनसनले प्रधानमन्त्रीको पदभार ग्रहण

ब्रिटेनमा बोरिस जोनसनले प्रधानमन्त्रीको पदभार ग्रहण

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ जुलाई २०१९, ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्।

बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरे।त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले बताए।

साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरे।

उनले आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए।उनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको बताए।

सत्ता सम्हालेपछि कन्जरभेटिभ पार्टीका नयाँ नेता तथा प्रधानमन्त्री जोनसनले बरिष्ठ मन्त्रीहरूको नाम घोषणा गर्ने अनुमान छ, तिनमा चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्री र गृहमन्त्री पनि पर्दछन्।

मन्त्रीमण्डलको बरिष्ठ पदमा महिलाहरूको संख्या बढाउनुका साथै जातिय अल्पसंख्यकहरूको सहभागितामा पनि वृद्धि गर्नेछन्।बोरिस जोनसनले अर्का प्रत्यासी जेरमी हन्टमाथि निर्णायक विजय हासिल गरेका थिए।

पार्टीमा उनको भावी भूमिकाका बारेमा बोरिस जोनसन र जेरमी हन्टबीच ूवार्ताहरू भैरहेकोू बताइएको छ। पार्टीभित्र परस्पर संघर्षरत गुटहरूलाई एकै ठाउँमा ल्याउन बोरिस जोनसनले आफ्नो नयाँ बरिष्ठ टोलीमा ककसलाई समावेश गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

 

Latest News