Home नेपाल तथा विश्व समाचार हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप

हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ जुलाई २०१९, हङ्‌कङमा फेरि प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरू भएका छन्।

प्रहरीले गरेको भनिएको दमनविरुद्ध प्रदर्शनकारीहरू आक्रोशित छन्।प्रहरीले त्यहाँ रहेको चीन सरकारको कार्यालय पुग्न खोजिरहेका प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ।

दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।हङ्‌कङमा सरकारविरुद्ध र प्रजातन्त्रको पक्षमा प्रदर्शनहरू भएको लगातार यो आठौँ सप्ताहन्त हो।यो विश्वकै सुरक्षित सहरमध्येको एउटा हो।

तर पछिल्ला प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग आबद्ध ठानिएका मुखुन्डोधारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्।

आइतवारको प्रदर्शनका सहभागीहरूले विभिन्न स्थानमा अवरोधका निम्ति छेकबार खडा गरेर ुस्वतन्त्र हङ्‌कङु को नारा लगाइरहेका देखिन्थ्यो।सयौँ प्रहरीले चीनको सम्पर्क कार्यालय जान नदिन प्रदर्शनकारीहरूलाई रोकेका थिए। उक्त भवनलाई प्लास्टिकको छेकबार लगाइनुका साथै भवनको अग्रभागको ढोकामाथि रहेको चिनियाँ प्रतीकलाई प्लास्टिकले बेरिएको थियो।

प्रदर्शनकारीहरूले उक्त भवनलाई अघिल्लो आइतवार पनि निसाना बनाएका थिए। चिनियाँ प्रतीकमा कालो रङ्ग छ्यापेका थिए।चिनियाँ अधिकारीहरूले उक्त कदमलाई बेइजिङको प्राधिकारमाथिको चुनौती भन्दै त्यो ुसह्य नहुनेु चेतावनी दिएका थिए।

मुख्य भूमि चीनलाई सुपुर्दगी गर्ने व्यवस्था गरिएको विवादास्पद विधेयक हङ्‌कङ सरकारले प्रस्तुत गरेपछि त्यहाँ प्रदर्शन सुरु भएको हो। विधेयकले हङ्‌कङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्तालाई निसाना बनाउन प्रयोग हुने आलोचकहरूको त्रासबीच विशाल प्रदर्शनहरू भएका हुन्।

विधेयकविरोधी प्रदर्शनहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लागेपछि असन्तुष्टि सघन भएको थियो।विधेयकविरुद्धको प्रदर्शन समयसँगै व्यापक आन्दोलनमा बदलिएको छ।

सरकारले विधेयक स्थगित गरेपछि प्रदर्शनकारीहरूले अहिले त्यो फिर्ता हुनुपर्ने मागसँगै ुप्रहरी दमनु को स्वतन्त्र छानबिन र प्रजातान्त्रिक सुधारको माग गरिरहेका छन्। प्रजातान्त्रिक ढङ्गले निर्वाचित नभएकी हङ्‌कङकी नेत्री क्यारी लामको राजीनामा चाहन्छन्।

प्रदर्शनकारीहरू चीनको सरकारप्रति आक्रोश व्यक्त गर्छन्। उनीहरूका बुझाइमा उसले हङ्‌कङमा स्वतन्त्रतामाथि अतिक्रमण गरिरहेको छ।पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्‌कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्। वैदेशिक र रक्षा मामिला बाहेकमा चिनियाँ सरकारले हङ्‌कङको ुउच्च कोटीको स्वायत्तताु रहने प्रतिबद्धता जनाएको छ।

चिनियाँ जनमुक्ति सेनाका टुकडीहरू हङ्‌कङमा छन्। तर स्थानीय विषयमा उनीहरूको हस्तक्षेपको अपेक्षा गरिँदैन।तर कानुनले हङकङ सरकारलाई सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद्‌मा राहतको निम्ति जनमुक्ति सेनाको सहयोगको निम्ति उसलाई आग्रह गर्न अनुमति दिएको छ।

गत साता चीनका रक्षा मन्त्रालयका प्रवक्ताले चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको निन्दा गरेका थिए र हङ्‌कङका नेताहरूले सेनाको सहयोग माग्न सक्ने ुस्पष्ट प्रावधानु रहेको बताएका थिए।

कैयौँ टिप्पणीकारहरूले हङ्‌कङमा आफ्नो टुकडीहरूको प्रयोगको निम्ति तयार हुनु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क गरिरहेका बेला हालैका हप्ताहरूमा हङ्‌कङको सरकार र प्रहरीले सेना परिचालन गर्ने आफ्नो कुनै योजना नभएको प्रष्ट पारेका छन्।

 

 

Latest News