Home नेपाल तथा विश्व समाचार हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने “पुष्पकमल दाहाल”

हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने “पुष्पकमल दाहाल”

E-mail Print PDF
AddThis Social Bookmark Button

३० जुलाई २०१९, नेकपाका अध्यक्ष तथा नेता पुष्पकमल दाहालले आफूलाई ुहेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कनेु बताए । नेत्रविक्रम चन्दको नेकपा छाडेर आएका कार्यकर्तासँग सोमवार आफ्नै निवासमा कुरा गर्दै प्रचण्डले आफूलाई द हेग पुर्‍याइए पनि फरक नपर्ने बताएका थिए।द नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायत विषयका मुद्दा हेर्ने गर्छ।

तर प्रचण्ड वा अन्य नेपाली नागरिक सन् २००२ मा रोम विधान अन्तर्गत स्थापना भएको आईसीसीसम्म पुग्ने विषय सहज भने छैन।आफूलाई द हेग पुर्‍याउने कुरा बेलाबेला उठाउने गरिएको प्रसङ्ग औँल्याउँदै प्रचण्डले भने, मैले भनेँ हेग लगेर पनि मलाई केही फरक पर्दैन।हेग लगियो भने म त झन् विश्वकै हिरो भएर निक्लिन्छु।

संसारले मलाई एकैचोटि झन् चिन्ने हुन्छ। संसारभरिका जनताले यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भन्ने चाहिँ ठाउँ हुन्छ।त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन यिनीहरूले मलाई लान्छन् र विश्वकै हिरो बनाउँछन्।

आईसीसीले हालसम्म २७ मुद्दामा ४४ जनामाथि सुनुवाइ गरेको छ जसमध्ये चारवटा मुद्दामा आरोपितहरूलाई दोषी ठहर गरेको उसको वेबसाइटमा उल्लेख छ।

नेपाली सेनाका महासेनानी कुमार लामालाई लण्डनमा पक्राउ गरी उनीमाथि मुद्दा चलाइएको घटना र चाडमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनबाट सैनिक अधिकारी निरञ्जन बस्नेतलाई फिर्ता पठाइएको घटना त्यसैको परिणाम भएको कानुनविद्‌हरू बताउँछन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को सङ्कल्प प्रस्तावका आधारमा सुडानका पूर्वराष्ट्रपति ओमार अल बशीर र लिबियाका राष्ट्रपति मुअम्मर गद्दाफीका मुद्दाहरू आईसीसी पुगेका हुन्।

लिबियाले रोम विधानमा हस्ताक्षर गरेको छैन र सुडानले मुद्दा चलेपछि आफ्नो हस्ताक्षर फिर्ता लिएको थियो।तर सङ्क्रमणकालीन न्यायसम्बन्धी मामिलाका एकजना जानकार नेपाली नेताहरूलाई आईसीसीसम्म पुर्‍याउन सहज नभएको दाबी गर्छन्।

सुरक्षा परिषद्‌को स्थायी सदस्यमा नेपालको राम्रो सम्बन्ध रहेको उत्तरी छिमेकी चीन भएकोले र सन् १९९४ यता परिषद्‌ले त्यस्तो प्रस्ताव पारित गरेको अवस्था नरहेकोले पनि त्यस्तो स्थिति आउने सम्भावना देखिँदैन।

आईसीसीका दस्तावेजका अनुसार कुनै पनि विषयमा मुद्दा चलाउनका लागि अनुसन्धान शुरू गर्नुभन्दा अगाडि अपराधको प्रकृति मुद्दा चलाउन मिल्ने नमिल्ने सम्बन्धमा प्रारम्भिक अध्ययन गर्नुपर्ने हुन्छ।

उसले हाल प्रारम्भिक अध्ययन गरिरहेका १० विषयमध्ये एक अफगानिस्तान एवम् एक म्यान्मारमा भएको रोहिंज्या समुदायसम्बन्धी छ।नेपाली नेताहरू आईसीसीसम्म तानिन सक्ने अर्को एउटा आधार विश्वव्यापी क्षेत्राधिकार रहेको अधिकारकर्मी तथा अधिवक्ताहरू बताउँछिन्।

त्यस अन्तर्गत सम्भावना छ, तर त्यसका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पीडितहरूको आवाज पुर्‍याउने र उनीहरूलाई दिइने समर्थन महत्त्वपूर्ण हुन्छ।विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत कसैमाथि मुद्दा चलाउनका निम्ति ठूलो तयारी तथा अनुसन्धान चाहिने जानकारहरू बताउँछन्।

 

 

Latest News