Home नेपाल तथा विश्व समाचार हङ्‌कङका धनी व्यक्ति लिका सिंङले सुपुर्दगी विधेयक फिर्ता लिन आग्रह

हङ्‌कङका धनी व्यक्ति लिका सिंङले सुपुर्दगी विधेयक फिर्ता लिन आग्रह

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अगष्त २०१९, हङ्‌कङका धनी व्यक्ति ली का सीं ले पत्र पत्रिकामा विज्ञापन गर्दै सबैलाई र्धैय रहन आग्रह गर्दै विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिन आग्रह गर्दै प्रहरीको ज्यादतीका सवालमा स्वतन्त्र छाविन समित गठन गर्न आग्रह गरेका छन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङलाई प्रजातान्त्रिक सुधारका माग गरिरहेका हङ्‌कङका विरोध प्रदर्शनकारीहरूलाई भेट्न सुझाव दिएका छन्।केही सातादेखि हङ्‌कङ अशान्त रहेको छ। यो साता त्यहाँको विमानस्थल पनि अवरुद्ध भयो।

यसअघि ट्रम्पले उक्त सङ्कटबारे कुरा गर्न सी र आफ्नो भेट हुनुपर्ने सङ्केत गरेका थिए।गत १० सातादेखि हङ्‌कङमा दशौँ लाख मानिसहरूले सरकार विरोधी प्रदर्शनमा भाग लिइरहेका छन्।

यूकेस्थित चिनियाँ राजदूतले स्थिति थप बिग्रिए बेइजिङले हङ्‌कङमा हस्तक्षेप गर्ने बताएका छन्।सन् १९९७ मा यूकेले उक्त भूभाग चीनलाई हस्तान्तरण गरेयता हङ्‌कङले सबभन्दा खराब अवस्था सामना गरिरहेको उनले बताए।हालको प्रदर्शन हङ्‌कङबाट चीन मुख्यभूमिमा सुपुर्दगी हुनसक्ने विवादास्पद विधेयकको विरोधबाट सुरु भएको थियो।

अघिल्लो ट्वीटमा ट्रम्पले राष्ट्रपति सीले हङ्‌कङको समस्या मानवीय तवरले समाधान गर्नेमा आफूलाई कत्ति पनि शङ्का नरहेको जनाएका थिए।चीन-अमेरिका व्यापार तनावका माझ उनले हङ्‌कङ प्रदर्शनलाई बेइजिङको अमेरिकासँग प्रस्तावित व्यापार सम्झौतासँग जोडेका थिए।ूनिश्चय पनि चीन सम्झौता चाहन्छ। तर पहिले उनीहरूले हङ्‌कङ समस्याको मानवीय तवरले समाधान गरुन्१ू उनले ट्वीट गरेका थिए।

विवादास्पद सुपुर्दगी विधेयक हाल फिर्ता भइसकेको छ। तर प्रदर्शन भने प्रजातान्त्रिक सुधारको व्यापक मागमा परिणत भएको छ।पहिला ब्रिटिश उपनिवेश रहेको हङ्‌कङ हाल ुएक देश, दुई प्रणालीु अन्तर्गत चीनको अङ्ग छ र त्यहाँ निकै उच्च स्तरको स्वशासन प्रदान गरिएको छ।बेइजिङले ती प्रदर्शनकारीलाई ूआतङ्ककारीको जस्तै व्यवहार भएका दङ्गाकारीू भनेको छ।

त्त्यस्ता ुदङ्गाकारीु सँग आफ्नो नेताको भेटलाई चिनियाँ सरकारले उचित ठहर्‍याउन सक्दैन। त्यसमाथि प्रदर्शनकारीहरू स्वयंका पनि कोही खास नेता छैन जसले बेइजिङसँग छलफलमा अगुवाइ गर्न सकोस्।अझ महत्त्वपूर्ण के छ भने सी र प्रदर्शनकारीको भेटघाट सन् १९८९ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री ली फङ र तिआन्आन्मेन चोकका प्रदर्शनकारीबीचको भेटघाटजस्तै देखिन सक्छ।