कार्यक्रम साब्लाबुङ प्रकाशन हङकङले आयोजना गरेको हो । विशेषतः नेपाली आधुनिक गीत लेखनका प्रभावशाली व्यक्तित्व निर्माण गरेका भावेश कविता र नियात्रा लेखनमा पनि त्यत्तिकै कुशल मानिन्छन् । गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको ’भिसाको रङ‘ विमोचन गरिएको थियो । नेपालमा बसोबास गर्ने भावेशको बेलायती भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु नै एउटा नौलो संयोग हो । यसो त भावेशको एकल साँझ भएकाले कार्यक्रमको विविधताले उपस्थित सबै अतिथि र दर्शकहरूको ध्यान तानेको थियो ।
साब्लाबुङ प्रकाशनका अध्यक्ष राजकुमार राईले अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रामकृष्ण वान्तवा थिए भने विशेष अतिथि सुप्रसिद्ध सङ्गीतकार दिनेश सुब्बा थिए । गीतकार जीतकर्ण राईले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य र स्रष्ठा भावेशको परिचय साहित्यकार किराती जेबी राईले दिएका थिए । मगर संघ हङकङकी अध्यक्ष तथा अतिथि युगमाया राना र साहित्यकार टङ्क सम्वाहाम्फेले भावेशका बारेमा संक्षिप्त मन्तव्य राखेका थिए । विमोचित कृति भिसाको रङको समीक्षा भने साहित्यकार कमल पौडेलले गरेका थिए ।
दिनेश सुब्बा, गणेश पराजुली र देवी थापाद्वारा भावेशका गीतहरू गाइएर कार्यक्रमलाई मनोरञ्जन मात्र दिइएको थिइएन, भावेशको सिर्जनाका अर्थ र महत्व प्रस्तुत गर्ने काम पनि गरिएको थियो । विमोचित पुस्तकको समीक्षा गर्दै कमल पौडेलले ससाना कुराबाहेक कृतिको स्तर प्रशंसायोग्य भएको कुरा राखेका थिए । कवि टङ्क सम्वाहाम्फेले भावेशका बारेमा मन्तव्य राख्दै निरन्तर सिर्जना र प्रकाशनमा लागेका कारण यहाँसम्म आइपुगेको कुरा प्रट्याएका थिए । युगमाया रानाले भावेशको निरन्तर लेखाइ र प्रगतिको कामना गरेकी थिइन् । प्रमुख अतिथि रामकृष्ण वान्तवाले भावेशको सालिनता र सिर्जनात्मक क्षमताका कारण आफू निक्कै प्रभावित भएको कुरा राखे । भावेशले संक्षिप्त मन्तव्य राख्दै आफू आफ्नै वर्कतमा विश्वास गर्ने र साहित्य अनि साहित्यप्रेमी दाजुभाइ, दिदीबहिनी र साथीहरूले हङकङसम्म ल्याएको कुरा राखे ।
भावेशले समयाभावका कारण तीनवटा रचना वाचन गरे । भावेशले नयाँ हुँदा आफ्नो वास्तविक नामबाट रचनाहरू नछापिएकाले नाम परिवर्तन गर्नुपरेको तितो यथार्थ पनि पोखे । कार्यक्रमका सभापति राजकुमार राईले साहित्यको जात र सीमा नहुने कुरा राख्दै आफू पूर्व सङ्खुवासभाको भए तापनि मध्यपश्चिमका भावेशलाई हङकङमा ल्याउनका कारण खुलाए । उनले थपे, पश्चिमका साहित्यिक स्रष्टाहरू थोरै भएको र विदेशमा बसोवास गर्ने पश्चिमी व्यक्तिहरूले लोकगीत र नृत्यहरूलाई मात्र जोड दिँदै आएकाले नै भावेशलाई यता ल्याउने काम गरेका हौँ । बौद्धिक व्यक्तिहरूलाई ल्याउँदा महत्वपूर्ण प्रभाव पर्ने कुरा आजकै कार्यक्रले देखाउँछ द भन्दै राईले हङकङमा यस्ता कार्यक्रमहरूकालाई महत्व दिनुपर्ने कुरा राखे ।
राजकुमार राई, युगमाया राना, विशु सम, जीतकर्ण राई, नेत्र पहराई र जयप्रकाश गुरुङले प्रायोजन गरेको भावेश भुमरीको हङकङ यात्रा र कार्यक्रममा भावेशले हङकङका अनुभूतिहरूलाई श्बदहरूमा उन्ने सङ्केत दिए । एक सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रममा आयोजकका तर्फबाट सबै प्रायोजक र गायकगायिकाहरूलाई सम्मान एवम् प्रशंसापत्र प्रदान गरिएको थियो भने भावेशले मायाको चिनो प्रदान गरेका थिए ।
साब्लाबुङ पुस्तकालय अभियानका तर्फबाट पुस्तकदाताहरूलाई पुस्तकदाताहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।