Home नेपाल तथा विश्व समाचार चीनका विदेशमन्त्री वाङ् नेपाल भ्रमणमा

चीनका विदेशमन्त्री वाङ् नेपाल भ्रमणमा

E-mail Print PDF
AddThis Social Bookmark Button

९ सेप्टेम्वर २०१९, चिनियाँ विदेशीमन्त्री तथा स्टेट काउन्सिलर वाङ् यी राष्ट्रपति सी जिन्पिङको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने वरिष्ठ चिनियाँ अधिकारी हुन्। यो भ्रमण सामान्य अवस्थामा पनि विदेशमन्त्रीहरूको समन्वय समितिमा दुई देशबीचको द्विपक्षीय सम्बन्धको पुनरवलोकनको अवसर दिन्छ।चिनियाँ राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमणमा आउन सक्ने र त्यसकै तयारीका लागि चीनका विदेशमन्त्री काठमाण्डू आएको धेरैले विश्लेषण गरेका छन्। राष्ट्रपति सी जिन्पिङको भ्रमणको तयारीका क्रममा, के कस्तो सम्झौता गर्ने भन्ने तयारी पनि यो भ्रमणमा हुनसक्ने छ।

चीनले नेपालमा आफ्ना नेताको उच्चस्तरीय भ्रमणका लागि सधैँ स्थिरतामा जोड दिने गर्थ्यो। तर अब नेपालको स्थिरतामा कुनै शङ्का गरिरहनुपर्दैन।संविधान जारी भएसँगै भएको निर्वाचनमा नेपालमा दुईतिहाइको सरकार रहेका बेला पनि भ्रमण नहुँदा धेरैले यसबारे स्वाभाविक प्रश्न उठाइरहेका छन्।

उहान(२ को रूपमा अक्टोबरमा भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिन्पिङबीच वार्ता हुन गइरहँदा नेपालसमेत त्यही बेला आउने सम्भावनालाई बढी आशा गरेर हेरिएको छ।

नेपाल र चीनबीच ऐतिहासिक व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएपछि जुन गतिमा काम हुनुपर्थ्यो त्यो हुन सकेन।तर राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको पक्षलाई पनि कम आँक्नुहुँदैन।

बीआरआईअन्तर्गत अहिले छवटा त्यस्ता आर्थिक मार्ग भएकोमा यो थपिँदा सात पुग्ने भएकोले हामीलाई रणनीतिक रूपमा निकै महत्त्वपूर्ण स्थानमा राख्नेछ।हामीले चीनबाट तेल ल्याउने कुरालाई चटक्कै छाड्नुहुँदैन। पूर्वाधार बनाएर त्यो थोरै मात्रामा भए पनि ल्याउनुपर्छ।यी सबैका बीच पनि हाम्रो मुख्य प्राथमिकता भनेको हामीले आफैँलाई हेरेर तयार पारिने चीनसँगको आर्थिक रणनीति नै हो।

नेपाल(चीन अन्तरसीमा विशेष आर्थिक क्षेत्रमार्फत् हुने उत्पादनले चीनसँगको व्यापारघाटा कम गर्ने उपाय नेपालका लागि आवश्यक छ।के(कस्ता उत्पादनमा लगानी र प्राथमिकता दिने भन्ने विषयमा हाम्रो गृहकार्य भएको छैन।उत्पादनबारे नसोचिएमा हाम्रो कनेक्टिभिटीको नै औचित्य नहुन सक्छ। आठ हजारभन्दा बढी नेपाली उत्पादनमा दिइएको चिनियाँ करछुटलाई हामीले उत्पादनमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ।

भारतले १।५ प्रतिशत ब्याजदरमा एआईआईबीबाट सबैभन्दा धेरै मात्रामा ऋण लिएर पूर्वाधारमा काम गरिरहेको त्यहाँको पत्रिका इकोनोमिक टाइम्सले लेखेको छ।दूरगामी रूपमा नेपालको लागि रेलको अर्थ निकै रहेपनि यससँगै जोडिएका अन्य कुराहरूबारे हामीले सोचिएन भने त्यसको औचित्य हुँदैन।

तिब्बतको पर्यटन बजारलाई लक्षित गर्दै नेपालले त्यहाँ उपयोगी हुने उत्पादन बढाउन ध्यान देओस् भन्ने चीनको एउटा अपेक्षा छ जुन हाम्रो रेलको औचित्यसँग समेत जोडिन्छ।

बरू त्यसका लागि हामीले चीनसँगको सहकार्यमा उत्पादन कार्यक्रम र परियोजनाहरू सञ्चालन गर्नु आवश्यक छ।त्यसैले चीनसँगको सहकार्यलाई नेपालले समग्र प्याकेजका रूपमा बुझेर अगाडि बढ्नु आवश्यक छ।