महरालाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट गृहजिल्लाको दमकमा सोमवार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले आचरण ठिक नहुनेमाथि कारबाही गरिने बताएका हुन्।प्रधानमन्त्री ओलीले भने, ूकसैको आचरणमा तलमाथि पर्यो भने त्यो म सहन्नँ। ठूलो र सानो भन्ने कुरा हुँदैन। ठूला सानाको मतलब छैन। आचरण तथा व्यवहारको मतलब छ।
सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।
त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनले आफूमाथि लागेको आरोपको खण्डन गर्ने गरेका छन्।
अदालतको अनुमतिपछि आइतवार साँझ प्रहरीले उनलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियो।फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए।भ्रष्टाचार गर्ने साना(ठूला जुनसुकै पदका मानिसलाई कारबाही गरिने आफ्नो पुरानै कुरा उनले दोहोर्याए।
जुनसुकै पद वा ओहदाको भए पनि भ्रष्टमाथि कारबाही हुन्छ।प्रधानमन्त्रीले सरकारको कमीकमजोरी भए सच्याएर अगाडि बढ्न तयार रहेको बताए।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, मेरो कुनै दलप्रति विद्वेषको भाव छैन।