Home नेपाल तथा विश्व समाचार नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब दर्जन सम्झौता

नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब दर्जन सम्झौता

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ अक्टोवर २०१९, नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब डेढ दर्जन सम्झौताहरूमा हस्ताक्षर भएका छन्।

चिनियाँ राष्ट्रपति सी जिन्पिङको दुईदिने राजकीय नेपाल भ्रमणका क्रममा आइतवार ती सम्झौताहरू भएका हुन्।चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिका माझ ती सम्झौता आदानप्रदान भएका हुन्।

नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ती सम्झौता भएका हुन्।

सरकारी समाचार एजेन्सी राससका अनुसार नेपाल र चीनबीच १८ वटा समझदारीपत्र र दुईवटा ुलेटर अफ एक्सचेञ्जुमा हस्ताक्षर भएको छ।अवसरमा नेपाल–चीन रेलको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा आदानप्रदान भएको छ।त्यस्तै नेपालका केही शहरहरूबीच चीनका शहरसँग भगिनी सम्बन्ध विस्तार सम्बन्धी सम्झौता पनि भएका छन्।

चीन र नेपालले सगरमाथा क्षेत्रको संरक्षण गर्ने र कानु्नी सहायता आदानप्रदानबारे सम्झौता गरेका छन्।चीनका विदेशमन्त्री र नेपालका परराष्ट्र मन्त्री सहित फरक–फरक सहमतिरसम्झौतामा दुवै देशका उच्च अधिकारीहरूले हस्ताक्षर गरेका हुन्।

उक्त भेटमा द्विपक्षीय हितबारे छलफल भएको अधिकारीहरूले बताएका छन्।यी सहमति र सम्झौताहरू आदानप्रदान भएलगत्तै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच केहीबेर एक्लाएक्लै भेटवार्ता भएको थियो।

त्यसपछि चिनियाँ राष्ट्रपति सी आफ्नो दुई दिने नेपालको राजकीय भ्रमण टुङ्ग्याएर स्वदेश फर्किएका छन्।उनको बिदाइका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का सदस्यहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।