Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरियो

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरियो

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ नोभेम्वर २०१९, प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

अहिले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर रहेको र उनलाई उच्च निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो। उनी ९स्०० बजेतिर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए।

विज्ञ चिकित्सकहरू सम्मिलित टोलीले परीक्षण गर्दा ओलीलाई अपेन्डिसाइटिससहित पेरिटोनाइटिस अर्थात् पेटको सङ्क्रमण भएको पत्ता लागेको थियो।विज्ञप्तिमा ल्यापरोटमी अपेन्डेक्टमी आदि विधिबाट प्रधानमन्त्रीको उपचार गरिएको उल्लेख छ।प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ।

प्रधानमन्त्रीलाई हेरेका प्रा डा अरुण सायमी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई अपेन्डिसाइटिस भएको पुष्टि गरेका थिए।झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्।हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।

अपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि विज्ञ चिकित्सकहरूसँग परामर्श गरिएको बताइन्छ।

स्वास्थ्यमा समस्या भए पनि ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका छैनन्।मङ्गलवार अपराह्न प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकुद सागमा भाग लिने नेपाली खेलाडीहरूलाई भेट्ने कार्यक्रम रहेको थियो।मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ।

अपेन्डिसाइटिस हुँदा ब्याक्टेरियाको सङ्क्रमण तथा आन्द्रामा अवरोध पुग्दा बिरामी व्यक्तिलाई पेट दुख्ने र गम्भीर समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।अपन्डिसाइटिस हुँदा समयमै शल्यक्रियामार्फत् अपेन्डिक्स निकालेर उपचार गरिन्छ।

 

 

 

Latest News