Home नेपाल तथा विश्व समाचार अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ डिसेम्वर २०१९, अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग तल्लो  सदनबाट पारित ।

अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो।

मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए। मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो ।

 

 

Latest News