Home नेपाल तथा विश्व समाचार कांग्रेसद्वारा प्रतिबद्धता तत्काल लागु गर्न माग

कांग्रेसद्वारा प्रतिबद्धता तत्काल लागु गर्न माग

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं, पुस २३ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदको बैठकमा जाहेर गरेका प्रतिबद्धतालाई तत्काल व्यवहारमा लागु माग गरेका छन् । उनले उक्त बैठकलाई संबोधन गर्ने क्रममा पशुपतिनाथका पुजारीको विवादलाई अहिले प्रधानमन्त्रीले साम्य पार्ने कोसिस गरेपनि कार्यान्वयन पक्षमा शंका गर्दै भने, 'राजनीतिक नियुक्तिको सिफारिसमा फेरि अर्को निर्णय गर्ने प्रयास गरियो भने सरकारको ठूलो गल्ती हुनेछ र चर्को मूल्य चुकाउन पर्ने छ ।’ 

नेता पौडेले पशुपतिनाथ  हिन्दू धर्मालम्बीका आस्थाका प्रतीक भएकाले यस्तो विषयमा निर्णय लिँदा धार्मिक व्यक्ति, सरोकारवाला र राजनीतिक दलहरूको परामर्श लिनुपर्ने बताएका छन् । पूर्व पुजारीहरूलाई दवावमा राजिनामा दिन लगाइएकाले उनीहरूको सुरक्षाको ग्यारेन्टीको माग उनले सरकारसँग गरेका छन् ।

सोही क्रममा उनले प्रधानमन्त्रीले नयाँ रोजगारी सिर्जना गर्ने जति प्रतिबद्धता जनाए पनि माओवादीले व्यक्तिगत सम्पत्तिमाथि हस्तक्षेप गर्दै गएकाले उनीहरूको नियतमाथि शंका गर्नुपर्ने बताए । 'माओवादी अझै सत्ता कब्जा गर्ने मनस्थितिमा रहेको छ,' माओवादीको चर्को आलोचना गर्दै उनले भने, 'व्यक्तिगत सम्पत्तिको सुरक्षा नहुन्जेल कसैले यहाँ लगानी गर्दैन। त्यसकारण आफ्ना कार्यकर्तालाई अर्काको कब्जा गरिएका सम्पत्ति तुरुन्त छोड भनेर प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई निर्देशन दिनु प-यो ।' उनले माओवादीको सत्ताको धङधङीले मानिस अझै डराइरहेकाले माओवादीका कार्यकर्तासँग अनुशासित हुन आग्रहसमेत गरे । 

 

Latest News