Home नेपाल तथा विश्व समाचार समाजवादी पार्टी सरकारबाट बाहिरियो

समाजवादी पार्टी सरकारबाट बाहिरियो

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ डिसेम्वर २०१९, उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले सरकारबाट बाहिरिएको छ।

मङ्गलवार आकस्मिक रूपमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री मो ईस्तियाक राईले राजीनामा दिएका छन्।

यादवले राजीनामामा सोमवार मन्त्रिपरिषद्‌को बैठकमा कानुनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेर एकतर्फी रूपमा दुईबुँदे सहमति भङ्ग गरेको उल्लेख गरेका छन्।उनले नैतिकताका आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदाु पदबाट राजीनामा दिएको जनाएका छन्।

गत वर्ष जेठमा सत्तारूढ दल नेकपासँग संविधान संशोधनसम्बन्धी दुईबुँदे सहमति गर्दै समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो।यसअघि उक्त दलका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी पार्टीले सरकार छोड्न लागेको पुष्टि गरेका थिए।मूलभूत रूपमा हाम्रो दल संविधान संशोधन गर्न सरकारमा गएको थियो, चेम्जोङले भने।

हिजो कानुनमन्त्रीको हैसियतमा उपन्द्र यादवले मन्त्रिपरिषद्‌मा संविधान संशोधन गर्न एउटा कार्यदल बनाऔँ भनेर प्रस्ताव लग्नुभएको थियो।

प्रधानमन्त्रीले संविधान संशोधनमा नजाने भन्दै उक्त प्रस्ताव अस्वीकार गरिदिएकाले सरकारमा बस्नुको औचित्य देखेनौँ,ू उनले भने।चेम्जोङका अनुसार बुधवार बस्ने दलको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने किन नलिने भनेर औपचारिक निर्णय गर्नेछ।

केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सरुवा गरिदिएका थिए भने उनको दलबाट नियुक्त राज्यमन्त्री डा। सुरेन्द्र यादवलाई हटाइदिएका थिए।मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्र यादव भारतमा थिए।

कैयौँले यादव स्वयं र उनको दलप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको तथा यादवले सरकार छाडिदिऊन् भन्ने सन्देश दिन उनको सरुवा गरिएको अर्थ लगाएका थिए।उनकै दलका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठनप्रति सार्वजनिक असन्तुष्टि जनाएका भए पनि यादवले तत्काल सरकार छाडेनन्।यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी पार्टी र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको एकीकरणपछि समाजवादी पार्टी गठन भएको थियो।

 

 

Latest News