Home नेपाल तथा विश्व समाचार इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा

इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा

E-mail Print PDF
AddThis Social Bookmark Button

४ मार्च २०२०, धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड(१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ूसुरक्षासँग सम्बन्धित कैदीहरूूलाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ ूसम्भवतस् केही समयका लागि आज वा भोलि रिहा हुनेू बताएकी छन्।उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड(१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो।आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ।

विदेश मन्त्रालयका एक अधिकारीले भने, ूहामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड(१९ भएको पुष्टि भइसकेको छ।गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।

इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ।त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ।दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ।

सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।विश्व वन्यजन्तु दिवसका अवसरमा मङ्गलवार वृक्षरोपण कार्यक्रममा बोल्दै सर्वोच्च नेता आयातोल्लाह खामेनेईले नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आह्वान गरे।

उनले सबै सरकारी निकायहरूलाई स्वास्थ्य मन्त्रालयलाई आवश्यक सहायता गर्न पनि निर्देशन दिए।इरानी अधिकारीहरूले सङ्क्रमणको विवरण नलुकाएको उनको दाबी थियो।अधिकारीहरूले पहिलो दिनदेखि नै ूगम्भीरतापूर्वक र पारदर्शी रूपमा जानकारी दिएकोू भन्दै ूसङ्क्रमण गम्भीर रूपमा फैलिएका केही देशले लुकाउने प्रयास गरेकोू आरोप लगाए।उनले इरानको सङ्क्रमण लामो समय नरहने पनि बताए।

 

Latest News