Home नेपाल तथा विश्व समाचार नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ अप्रिल २०२०, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेकोछ । सत्ताको नेतृत्व परिवर्तनबारे छलफल नै सुरु भइसकेका विवरण आइरहँदा पार्टीका केहि नेताहरूले यो विषयमा फरकफरक प्रतिक्रियाहरू दिइरहेका छन्।केही नेताले सत्ता वा पार्टीको नेतृत्व हेरफेरबारे कुनै पनि कुरा नभएको बताएका छन् भने केहीले प्रधानमन्त्रीले निकास दिनुपर्ने माग टड्कारो रूपमा आएको बताएका छन्।यो समस्याको समाधान के हुन्छ भन्ने बारेमा संस्थागत रूपमा खोज्नुपर्छ। संस्थागत रूपमा खोज्ने भनेको सचिवालय बैठक, स्थायी कमिटीको बैठक नै हो।

स्थायी कमिटीको बैठक आयोजना गरेर सबै साथीहरूको राय नबुझीकन, राय प्रकट हुन नदिई अरू विभिन्न कोठामा गरिने छलफलहरू, विचारविमर्शले केही भूमिका खेल्न सक्दैनन्।

सचिवालयका सदस्यहरूसँग हाम्रो छलफल भइरहेको छ, दुवै अध्यक्षले चाँडोभन्दा चाँडो बैठक बोलाउँदा राम्रो हुन्छ।होइन भने कुनै एक अध्यक्षले बोलाउँदा पनि हुन्छ। बैठक बोलाउने दुवै अध्यक्षलाई अधिकार छ, एक जनालाई पनि छ। अहिलेका जे समस्या छन् ती समस्याको समाधानका निम्ति कमरेड केपी ओलीले निकास दिनुको विकल्प छैन।

प्रधानमन्त्री पार्टी अध्यक्ष र अर्का अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरू निरन्तर छलफलमा छन्। अहिले छलफलमा रहेको भनेको पार्टीलाई आगामी दिनमा अझै सुदृढ र बलियो कसरी बनाउने भन्ने एउटा विषय छ।मुख्य विषय चाहिँ कोभिड(१९ विरुद्ध अहिलेसम्म सरकारले गरेका कामकारबाही सकारात्मक छन्।

माधवकुमार नेपालनजिक स्थायी कमिटी सदस्यहरूको बैठकमा अहिले केपी कमरेडबाट पार्टी अध्यक्षको रूपमा पनि राम्ररी काम भएन र सरकार पनि राम्रोसँग चलेन।त्यसैले उहाँले दुवै ठाउँबाट विकल्प दिनुपर्छ भन्ने खालको राय छ ।

स्थायी कमिटी छलफल भएर सबै समस्याको समाधान निस्कनुपर्छ भन्ने हो, तर माधवकुमार नेपाल लगायत नेताहरूसँग छलफल नगरी एकलौटी ढङ्गले अघि बढ्न खोज्दा अहिलेका समस्या देखिएका हुन्।

सरकार पनि विवादमा नराम्ररी फसेको छ, पार्टी पनि गतिशील ढङ्गले अगाडि बढ्न सकेको छैन।सचिवालयको बैठकमा समाधानको सूत्र लिएर स्थायी कमिटी बैठकमा आउनु पर्दछ ।

माधवकुमार नेपाल र प्रधानमन्त्रीज्यूबीच बालुवाटारमा कुरा भएको थियो। आन्तरिक छलफलमै बितिरहेको छ, कुनै सहमति भइसकेको अवस्था छैन।सामान्य अलिअलि आआफ्ना कुरा भइरहेका छन्। अहिले कुनै औपचारिक छलफल भएको छैन।

 

 

 

Latest News