Home नेपाल तथा विश्व समाचार कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा २४

कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा २४

E-mail Print PDF
AddThis Social Bookmark Button

११ मे २०२०, नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा २४ जना थपिएको छ।

सोमवार साँझ १३ जनामा सङ्क्रमण देखिएको आँकडा सार्वजनिक भएसँगै अहिलेसम्म नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ।सोमवार बिहान १० जना नयाँ सङ्क्रमित देखिएका थिए। ती सबै कपिलवस्तुका थिए।त्यसपछि दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पाइएको थियो।

सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।एकैदिनमा यतिधेरै सङ्क्रमित पाइएको यो पहिलोपटक हो।खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

विगत २४ घण्टामा मात्रै करिब २,८०० नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोग स्वरुप दिएसँगै परीक्षणले तीब्रता पाएको छ।

 

 

 

 

Latest News