Home नेपाल तथा विश्व समाचार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल

E-mail Print PDF
AddThis Social Bookmark Button

८ जुन २०२०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।

‘सरकारले लकडाउन घोषणा बाहेक यो बिचको समयमा केही गर्न सकेन,’ केन्द्रीय सदस्य श्यामकुमार घिमिरले भने, ‘कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको पार्टी निष्कषमा पुगेको छ ।’

लकडाउन पहिला मात्र होइन यसबीचमा पनि  आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सरकार असफल भएको आरोप लगाउँदै क्वारेन्टिनको अस्त व्यस्त रहेको कांग्रेसले जनाएको छ । आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसकेको भन्दै बैठकले नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।

अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध नभएको, परिक्षणको दायरा नबढाएको जनाउँदै कांग्रेसले भनेको छ,‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन आव्हान गरेको छ ।