Home नेपाल तथा विश्व समाचार राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

E-mail Print PDF
AddThis Social Bookmark Button

१८ अगष्त  २०२०, राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलवार अपराह्ण ५.३० बजे लैनचौरस्थित निवासमा १०१ वर्षका घिमिरेको निधन भएको थियो।

मङ्गलवार अपराह्ण ५स्३० बजे लैनचौरस्थित निवासमा १०१ वर्षका घिमिरेको निधन भएको थियो।राष्ट्रिय सम्मानका साथ बुधवार पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिने परिवार र सरकारी अधिकारीले जानकारी दिएका छन्।

उनको पार्थिव शरीरलाई केही बेरमा आर्यघाटतर्फ लगिने घिमिरेका ज्वाइँ प्रा। डा। हेमाङ्गराज अधिकारीले बताए।ूराष्ट्रिय सम्मानका साथ दाहसंस्कार हुने छ, बिहानैदेखि निवासमा केही मन्त्रीहरू सहित धेरैजना आउनु भएको छ,अधिकारीले भने।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले घिमिरेलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरेको जानकारी दिए।घिमिरेको पार्थिव शरीरलाई सेनाकै गाडीमा राखेर आर्यघाटसम्म पुर्‍याइने उनले जानकारी दिए।त्यहाँ नेपाली सेनाका तर्फबाट २१ जनाको टुकडी र सशस्त्र प्रहरीको २१ जनाको टोलीले उनलाई अन्तिम सलामी दिनेछ।

मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विसं २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गरेकी थिइन्।

घिमिरे दुई सातादेखि गम्भीर बिरामी भएको र उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो।उनी ब्रोन्काइटिस, रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए। उनलाई अस्पताल लैजाने र ल्याउने गरिएको थियो।

घिमिरेले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका छन्।उनी विसं २०४६ सालमा एक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति पनि भएका थिए भने त्यसअघि एक दशक त्यहाँको उपकुलपति भई सेवा गरेका थिए।घिमिरेको जन्म विसं १९७६ ‍मा लमजुङको पुस्तुनमा भएको थियो।दुई वर्षअघि उनी गभ्भीर बिरामी परेका थिए। उनको उपचार भारतमा पनि गरिएको थियो।