ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।नेटोका महासचिवले चाहिँ त्यस घटनालाई स्तब्ध पार्ने खालको भनेका छन्।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन्।फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई अन(अमेरिकनु अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन्।क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई प्रजातन्त्रमाथिको हमलाु भन्दै त्यसबाट क्यानेडियालीहरू विक्षिप्त भएकोु बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दङ्गा र हिंसाको समाचार हेर्नुपर्दा आफूलाई दुख लागेको बताउँदै शक्तिको शान्तिपूर्ण हस्तान्तरण गर्न आग्रह गरेका छन्।न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले नागरिकको मताधिकार र त्यो निर्णय मान्य हुने अधिकारलाई भिडले पल्टाउन नहुने बताएकी छन्।
संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन्।बराक ओबामास् इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ।
विल क्लिन्टनस् जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ।जर्ज डब्ल्यु बुसस् चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक ९अस्थिर राजनीतिक व्यवस्थामा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन। यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।